कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

नर्वेले गत वर्ष ९४.५ अर्ब नर्वेजियन क्रोनर अर्थात् ११.७ अर्ब डलर बराबरको २६ लाख टन सामुद्रिक खाना निर्यात गरेको नर्वेजियन सी फुड काउन्सिलले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा मूल्यका आधारमा ३ प्रतिशत (३ अर्ब क्रोनर) अर्थात् आयतनका आधारमा ७ प्रतिशतले बढी भएको काउन्सिलले विज्ञप्तिमार्फत जनाएको छ ।

978
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

चीनको उड्डयन नियामकले सरकारी स्वामित्वका विमान सेवा कम्पनीहरूमाथि लगाइँदै आएको यात्रुसँग लिइने भाडाको सीमा हटाएपछि चीनको हवाई सेवा महँगो हुने भएको छ । नियामक निकायले घरेलु चिनियाँ रुटमा यात्रुलाई लगाइने भाडाको सीमा हटाएको छ ।

914
कारोबार संवाददाता
बुधवार, पुष २६, २०७४

आगामी महिना सार्वजनिक हुने संघीय बजेट अगाडि भारतले चालू आर्थिक वर्षको आर्थिक वृद्धि प्रक्षेपणलाई घटाएको छ । गत जुलाईमा राष्ट्रव्यापी रूपमा आएको नयाँ करले व्यवसाय नराम्ररी प्रभावित भएपछि भारतले आर्थिक वृद्धि प्रक्षेपण घटाएको हो ।

1085
कारोबार संवाददाता
बुधवार, पुष २६, २०७४

जेफ बेजोस इतिहासकै धनी भएका छन् । सोमबारसम्मको अवधिमा अमेजनका सीईओको कुल सम्पत्ति १०५.१ अर्ब डलर पुगेको ब्लुमबर्गले जनाएको छ । उनको यो सम्पत्ति माइक्रोसफ्टका संस्थापक बिल गेट्सले यो भन्दा अघि बनाएको भन्दा पनि बढी हो ।

2652
एजेन्सी
बुधवार, पुष २६, २०७४

गत डिसेम्बरमा युरोजोनको आर्थिक मनोबल २००० को अक्टुबरदेखिकै उच्च कायम भएको छ । डिसेम्बरमा आर्थिक मनोबलको अवस्था देखाउने सूचक युरोपेली आयोगको ईएसआई युरोजोनमा १.४ अंकले वृद्धि भई ११६.० कायम भएको छ ।

693
एजेन्सी
मंगलबार, पुष २५, २०७४

गत वर्ष मेक्सिकोका नागरिकले कीर्तिमानी परिमाणमा विदेशबाट रकम पठाएका छन् । यसको ठूलो हिस्सा अमेरिकाबाट भएको छ । विशेष गरी मेक्सिकन मुद्रा पेसो कमजोर भएकाले यो अवस्थालाई बढाएको छ । अमेरिकी राष्ट्रपतिले नगदको प्रवाहमा कर लगाउने चेतावनी दिएका छन् ।

774
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

विगतका वर्षहरुमा जनवरी ८ उत्तर कोरियालीका लागि विशेष दिन हुने गरेको थियो । यो दिन उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनको जन्म दिन हो ।

823
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

साउदी अरबको खेलकुद रंगशाला शुक्रबार पहिलो पटक महिलाका लागि खुला हुने भएको छ । साउदीको सूचना मन्त्रालयले विज्ञप्ति जारी गरी यो जानकारी गराएको हो । १२ जनवरीमा अल अहली तथा अल ब्याटिन टोलीबीच हुने फूटबल खेल हेर्नका लागि महिलालाई अनुमती दिइएको छ ।

908
एजेन्सी
मंगलबार, पुष २५, २०७४

स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमा आएका ५२ मुलुकमा भएको दक्षिण कोरियाली निर्यात अघिल्लो वर्षको तुलनामा गत वर्ष झन्डै २० प्रतिशतले वृद्धि भएको छ ।

892
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

डिसेम्बरमा अमेरिकामा अपेक्षा गरिएभन्दा थोरै संख्यामा मात्रै रोजगारी थपिएको छ । गैर कृषिक्षेत्रमा गत महिना १ लाख ४८ हजार रोजगारी थपिएको छ । खुद्रा क्षेत्रको रोजगारी गुमेको अवस्थामा पनि थोरै संख्यामा मात्रै रोजगारी थपिएको श्रम विभागले जनाएको छ ।

735
रासस
सोमवार, पुष २४, २०७४

अघिल्लो महिनाको तुलनामा डिसेम्बरमा म्यानुफ्याक्चरिङको वृद्धि थोरैले ओरालो लागेको चिनियाँ सरकारको सर्भेले देखाएको छ । बैंकिङ कर्जा प्रवाहमा सरकारी नियन्त्रण कायम भएपछि म्यानुफ्याक्चरिङ गतिविधि ओरालो लागेको हो ।

670
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

भारत र चीनबीच हिमालयको सीमामा भएको सीमा विवादपछि फेरी अर्को सीमामा विवादको संकेत देखिएको छ । भारतले भुटानको पूर्वमा रहेको अरुणान्चल प्रदेश आफ्नो २९ राज्य मध्येको एक भएको मान्दै आएको छ भने चीनले यो क्षेत्रलाई दक्षिणी तीब्बतको अंश मान्दै आएको छ । यो क्षेत्र १९६२ को दुई देशबीच भएको लडाइको प्रमुख कारण भएको थियो । यो चीन–भारत सीमानामा रहदै आएको छ । यसलाई लाइन अफ एक्चुअल कन्ट्रोलले विभाजन गर्दै आएको छ ।

1075
एजेन्सी
बिहिवार, पुष २०, २०७४

श्रीलंकाको प्रमुख बन्दरगाहनजिकको प्रमुख आयोजनामा निर्माण हुने तीनवटा ६० तले भवनमा चीनले १ अर्ब डलर लगानी गर्ने भएको कोलम्बोले जनाएको छ । बेइजिङले हिन्द महासागरमा आफ्नो प्रभाव बढाउने लक्ष्य निर्धारण गरेसँगै यो परिमाणको लगानी गर्न लागेको हो ।

1537
एजेन्सी
बुधवार, पुष १९, २०७४

चीनको नयाँ हाइपरसोनकि ब्यालेस्टिक क्षेप्यास्त्र अमेरिका, भारत तथा जापानका लागि खतरा भएको बताइएको छ । टोकियोको ‘डिप्लोमेट’ पत्रिकाले गत महिना अमेरिकी जासुसी सुत्रको हवाला दिँदै चीनको जनमुक्ती सेना (पीएलए) ले रकेट फोर्सबाट नयाँ हाइपरसोनिक ग्लाइड व्हीकलको परिक्षण गरेको उल्लेख गरेको छ । यो हतियारलाई डीएफ–१७ नाम दिइएको छ ।

5043
एजेन्सी
बुधवार, पुष १९, २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग झन ठूलो परमाणु बटन भएको जवाफ फर्काएका छन् । दुई मुलुकबीचको तनाव उत्कर्षमा पुगेको समयमा किमलाई अमेरिकाको परमाणु क्षमताको बारेमा जाकारी गराउदै यस्तो जवाफ फर्काएका हुन् ।“उत्तर कोरियाली नेता किम जोङ उनले हालै मात्र आफ्नो टेबुलमा परमाणु बटन भएको बताएका थिए । खाद्यान्नको अभाव भएको र गरिबीमा रहेको मुलुकका कोहीले किमलाई जानकारी गराउन कि मसँग पनि परमाणु बटन छ । तर यो किमसँग भएको तुलनामा धेरै

1510