एजेन्सी
मंगलबार, माघ २३, २०७४

उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिले ‘स्टेट अफ युनियन’ मा गरेको सम्बोधनको आइतबार विरोध गर्दै यसलाई ‘विनाशको नयाँ संकेत’ भनेको छ ।

1178
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

डलरसँगको विनिमयमा युआन बलियो भएपछि यसले निर्यातकर्ताको चिन्ता बढाएको छ । यद्यपि बाह्य माग बलियो भएकाले विनिमय दरको परिवर्तनबाट परेको प्रभाव न्यून हुने भएको छ । शुक्रबार अमेरिकी डलरसँग युआनको केन्द्रीय दर १६० आधार बिन्दुले बलियो भएको चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले जनाएको छ ।

862
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

चीनबाट जस्तै भारतबाट पनि उपल्लो दर्जाका भारतीय धनाढ्य विदेश पलायन हुन थालेका छन् । न्यू वल्र्ड वेल्थका अनुसार २०१७ मा ७ हजारअति धनाढ्य विदेश पलायन भएका छन् ।

2983
रासस
सोमवार, माघ २२, २०७४

अफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा भएको अफगान सेनाको हवाई कारबाहीमा परी ३७ जना तालिवान आतंककारी मारिएका छन् । तालिवान लक्षित यो कारबाही पूर्वी प्रान्त लाघमान र उत्तरी प्रान्तहरु बादख्सान र सारीपुलमा जारी रहेको सैनिक प्रवक्ताले सोमबार जानकारी दिनुभएको छ ।

1278
एजेन्सी
सोमवार, माघ २२, २०७४

अघिल्लो वर्षको तुलनामा जनवरीमा अमेरिकी अटो बिक्रीमा झिनो अन्तरको वृद्धि भएको छ । तर, धेरैजसो विश्लेषक र अटोनिर्माताहरूले पूरै वर्षमा झिनो अन्तरको गिरावट आउने अनुमान गरेका छन् । उद्योगलाई सकारात्मक हुने आर्थिक तŒवका बाबजुद उनीहरूले गिरावट आउने अनुमान गरेका हुन् ।

960
एजेन्सी
सोमवार, माघ २२, २०७४

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसी हस्तक्षेपबारे विवादास्पद मानिएको ‘नुन्स मेमो’ (दस्तावेज) सार्वजनिक गरेको भनी अमेरिकी गुप्तचर निकाय (एफबीआई) का पूर्व प्रमुख जेम्स कोमीले दुःख व्यक्त गरेका छन् ।

868
एजेन्सी
सोमवार, माघ २२, २०७४

संयुक्त राज्य अमेरिका र मेक्सिको द्विपक्षीय सुरक्षा योजनालाई संयुक्त रूपमा अघि बढाउन सहमत भएका छन् । हाल मेक्सिकोको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र मेक्सिकोका विदेशमन्त्री लुइस विदेगारीबीच सो सहमति भएको हो ।

1500
एजेन्सी
सोमवार, माघ २२, २०७४

युरोपेली विमान निर्माता कम्पनी एयरबसले स्वचालित उड्ने कारको पहिलो उडान सफल भएको जनाएको छ ।भहना परियोजना लन्च भएको २ वर्षपछि पूर्ण आकारको ठाडो अवस्थामा रहेर अवतरण गर्न सक्ने विद्युतीय कार (भीटीओएल) सुरक्षित रुपमा अवतरण गर्नु पूर्व १६ फिटको उचाइमा उडान भरेको बताइएको छ ।

987
एजेन्सी
आइतवार, माघ २१, २०७४

यो वर्षको युनियन बजेटमा विदेश मामिला मन्त्रालयलाई १५ हजार ११ करोड भारुको बजेट छुट्ट्याइएको छ । यो गत वर्षको तुलनामा २१३ करोड भारुले बढी हो । बजेटमार्फत नेपालले विभिन्न आयोजनाका लागि १० अर्ब ४० करोड नेपाली रुपैयाँको सहयोग पाउने भएको छ ।

1195
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

अमेरिकामा रोजगारदाताले रोजगारी थपेको र ज्यालामा पनि वृद्धि भएसँगै जनवरीमा अमेरिकाको रोजगार बजारमा सुधार देखा परेको छ । ज्याला वृद्धि ८ वर्षभन्दा बढी अवधिकै उच्च कायम भएको छ ।

1247
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

बिहीबार पासाट सेडानको लन्च गरेर फक्सवागन ग्रुपले दक्षिण कोरियामा सवारी बिक्री पुनः सुरु गरेको छ । ‘डिजेल गेट’ प्रदूषण छली काण्डपछि डेढ वर्षसम्म रोकिएको बिक्री पुनः सुचारु भएको हो ।

842
एजेन्सी
शुक्रवार, माघ १९, २०७४

कमजोर अवस्थाको डलर, अमेरिका र उत्तर कोरियाबीचको सम्भावित युद्ध तथा डोनाल्ड ट्रम्पमाथिको महाअभियोगले सुनको मूल्य बढ्न सक्ने बहुमूल्य धातुका विज्ञ जिम रिकार्ड्सले बताएका छन् ।

6388
एजेन्सी
शुक्रवार, माघ १९, २०७४

भारतीय अर्थमन्त्री अरुण जेट्लीले अमेरिकी राष्ट्रपति बाराक ओबामाको नाममा घोषित ओबामा केयरको जवाफमा विश्वकै सबैभन्दा ठूलो हेल्थकेयर योजना राष्ट्रिय स्वास्थ्य सुरक्षा योजनाको घोषणा गरेका छन् । यो योजनालाई मोदी केयरको नाम दिन सकिने आर्थिक वर्ष २०१८-१९ लागि गरिएको बजेट भाषणमा उल्लेख गरिएको छ । यो राष्ट्रिय स्वास्थ्य सुरक्षा योजनाअनुसार अब १० करोड गरिब परिवारका लागि बर्सेनि ५ लाख भारुको स्वास्थ्य बिमाको घोषणा गरिएको छ ।

815
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

भारतका वित्तमन्त्री अरुण जेट्लीले आर्थिक वर्ष २०१८-०१९ का लागि बिहीबार संसदमा २ सय ४४ खर्ब भारुको बजेट प्रस्तुत गरेका छन् । किसान तथा गरिबलक्षित बजेट भन्दै उनले कृषि सुधार योजनालाई ‘अपरेसन ग्रिन्स’ नाम दिएर हालसम्मकै ठूलो रकम विनियोजन गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

877
एजेन्सी
बिहिवार, माघ १८, २०७४

भारत आर्थिक वृद्धिको मामिलामा विकासशील अर्थतन्त्रबाट विकसित अर्थतन्त्रमा जानबाट रोकिने आर्थिक सर्वेक्षण– २०१७/१८ ले देखाएको छ । भारतले २००८ को विश्वव्यापी वित्तीय संकटपछि हालको वृद्धि अवधि

979