परमाणु निशस्त्रीकरणबाट हट्न सक्ने उत्तर कोरियाको चेतावनी
एजेन्सी
बुधवार, जेठ २, २०७५
890

प्योङयाङ-यदी अमेरिकाले एकतर्फी रुपमा आफ्नो परमाणु हतियार त्याग्नका लागि जोड दियो भने आफ्नो परमाणु हतियार पनि नत्याग्ने र डोनाल्ड ट्रम्पसँगको शीखर सम्मेलनमा सहभागी हुने विषयमा पुनर्विचार गर्ने उत्तर कोरियाले जनाएको छ ।
ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको बहुप्रतिक्षित वार्ता १२ जुनमा हुने कार्यक्रम तय भएको छ ।
आफू कोरियाली प्रायद्विपलाई परमाणु निशस्त्रीकरण गर्न प्रतिबद्ध भएको बताएपछिको अवस्थामा दुई नेताबीचको वार्ता तय भएको हो ।
ट्रम्प र किमबीचको बैठकको राम्रो तयारी भइरहेको समयमा हाल आएर भने यो शंकाको घेरामा परेको छ ।
“यदी अमेरिकाले आफूलाई बाइपास गरेर एक पक्षिय रुपमा परमाणु हतियार त्याग्ने माग गरेमा हामीलाई वार्ता गर्ने कुनै रहर छैन । यस्तो अवस्थामा हामी आगामी कोरिया–अमेरिका शीखर सम्मेलनमा पनि पुनर्विचार गर्न सक्छौ,”उप विदेश मन्त्री किम कि ग्वानलाई उद्र्धृत गर्दै राज्य स्वामित्वको समाचार संस्था केसीएनएले जनाएको छ ।
किम र उत्तर कोरियाले शीखर सम्मेलनले कोरियाली प्रायद्विपमा अवस्थालाई सहज बनाउने र राम्रो भविष्य निर्माणका लागि भूमिका निर्वाहा गर्न सक्ने अपेक्षा गरेका छन् ।
“यद्यपि अमेरिकाले शीखर सम्मेलन अगाडि भड्काउने खालको अभिव्यक्ति दिनु दुर्भाग्य हो,” समाचार संस्थाले जनाएको छ ।
मुश्कील बढेको संकेतको रुपमा बुधबार विहानै उत्तर कोरियाले तालिकामा रहेको दक्षिण कोरियासँगको वार्ता फिर्ता लिएको छ ।
दुई मुलुकबीच सम्झौताको विस्तृत विषयमा छलफल गर्नका लागि असैन्य क्षेत्रमा भेटघाट गर्ने कार्यक्रम तय भएकामे थियो ।
तर दक्षिण कोरिया र अमेरिकाबीचको ठूलो आकारको सैन्य अभ्यासको सुरुवातबाट आक्रोशित भई उत्तर कोरियाले दक्षिण कोरियासँगको वार्ता फिर्ता लिएको छ ।
म्याक्स थन्डर नामको सैन्य अभ्यास शितकालिन ओलम्पिकको समयमा हुने कार्यक्रम तय भएको थियो । तर उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा आएको अप्रत्याशित सुधारका कारण पछि सरेको थियो ।

सातामा धेरै पढिएको