एजेन्सी
आइतवार, बैशाख ३०, २०७५
4026

बेइजिङ-चीनले भटमासको स्वदेशी उत्पादन बढाउने सोच बनाएको छ । यसले विश्वकै दुई ठूला अर्थतन्त्रबीचको जस्तालाई तस्तै (टिट फर ट्याट) को भूमिका निर्वाह गर्ने र अमेरिकी किसानमाथिको निर्भरता कम गर्न सहया्ेग पुग्ने अपेक्षा चीनले गरेको छ ।
चीलने २०१६ मा जारी गरेको पञ्च वर्षिय योजनामा भटमासको उत्पादन बढाउने विषयलाई पनि समावेश गरेको छ । अप्रिलको सुरुमा चीनले यो वर्ष उत्तरपूर्वी प्रान्तमा भटमासका किसानालई मकै किसानलाई भन्दा बढी सहुलियतको घोषणा गरेको थियो । वासिङटन र बेइजिङको कटु अभिव्यक्तिको आदान प्रदानको समयमा चीनको यस्तो घोषणा आएको हा । चीनले भटमास लगायका अमेरिकी आयातमा २५ प्रतिशतको कर बढाउने घोषण गर्नु एक दिन पहिले चीनको यस्तो घोषणा आएको हो ।
चीन विश्वकै ठूलो भटमास आयातकर्ता मुलुक हो । यो मुलुकले २०१७ मा ९ करोड ५५ लाख टन भटमास आयात गरेको थियो । यो आयात विशेषगरी ब्राजिल र अमेरिकाबाट भएको थियो । आयातको यो परिमाण देशले गरेको आफ्नो उत्पादनको तुलनामा ७ गुणाले बढी हो ।
चीनले विशेषगरी देशको उत्तरपूर्वी ४ प्रान्तका किसानलाई सहुलियको प्रस्ताव गरेको छ । उनीहरुलाई खेतीका लागि भटमासतर्फ सर्नका लागि आग्रह गरिएको छ ।
स्थानिय सञ्चार माधयमका अनुसार यो सहुलित प्रति एकर ५५२ डलर हुनेछ । यो विगतका केही सातामा घोषणा गरिएको थियो । यो सहुलियतको घोषण वर्षको बालि लगाउने समयसँग संयोग परेको छ ।
यद्यपि थोरै किसानहरुले मात्रै यो प्रस्तावलाई स्वीकार गरेका छन् । धेरैजसो किसानले हाल मकैको खेती मात्रै गर्दै आएका छन् । हाल भटमासको तुलनामा मकैको खेतीबाट उनीहरुले दोब्बर नाफा कमाउदै आएका छन् । एक किसानले भटमासमा दिन लागिएको सहुलियत पर्याप्त नभएको बताए ।
“भटमास धेरै सस्तो छ । यसको खेती गरेर पर्याप्त कमाउन सकिदैन,” उनले बताए ।सरकारले प्रति एकरमा थप १२० डलर उपलव्ध गरायो भने मात्रै भटमासको खेतीतर्फ जान सकिने किसान लीले बताए । बेइजिङले अमेरिकी भटमासमा ठूलो अन्तरको भन्सार बढाउने बेइजिङको चेतावनीप्रति उनले खुसी व्यक्त गरेका छन् । यसबाट चिनियाँ किसान लाभान्वित हुने उनले बताए ।
“अवस्य पनि, यदी हामीले अमेरिकी भटमास आयात गर्दैनौ भने चिनियाँ भटमास महँगो मूल्यमा बिक्री हुन्छ,” उनले बताए ।
“हामीसँग याहाँ उर्बर भूमि छ । यदी हामीले हाम्रा लागि भटमास उत्पादन गर्न सक्यौ भने यो कति राम्रो हुनेथियो ।”