एजेन्सी
शुक्रवार, श्रावण १६, २०७७
608

वासिङटन-बोइङले आफ्नो क्लासिक ७४७ विमानको उत्पादन बन्द गर्ने जनाएको छ । उसले सुरुको घोषणा भन्दा बढी रोजगारी कटौती गर्ने चेतावनी पनि दिएको छ ।
फर्मले समस्याग्रस्त ७३७ म्याक्स लगायतका कतिपय जेटहरुको उत्पादन पनि घटाउने योजना बनाएको छ ।

कोरोनाभाइरसले हवाई यात्राको मागमा कमी आएसँगै २.४ अर्ब डलरको घाटा ब्यहोरेपछि फर्मले निर्णय फेर्न परेको जनाएको छ ।
“उड्डयन क्षेत्रमा महामारीको प्रभावको वास्तविकता कठोर किसिमको छ,” बोइङका बोस डेभ कालहोउनले बताए ।
कोरोनाभाइरसको महामारीप्रति विश्वभरीका एयरलायन्सहरुले विमान संख्या घटाएर र पर सारेर वा विमानको अर्डर रद्ध गरेर प्रतिक्रिया जनाएका छन् ।
यो महिना ब्रिटिस एयरवेज ७४७ जेटलाई बिदाई गर्ने पछिल्लो विमान सेवा कम्पनीले बनेको थियो । ब्रिटिस एयरवेजको विमानमा यो विमानको संख्या १० प्रतिशत रहदै आएको थियो । यात्रुको संख्यामा आएको कमीको कारण देखाउदै उसले विमानको संख्या घटाउने निर्णय गरेको हो । अस्ट्रेलियाको क्वानटासले पनि यो विमानलाई बिदाई गरिसकेको छ । यो विमान सेवाले गत वर्ष ५० औं वार्षिक दिवस मनाएको थियो ।