एजेन्सी
शुक्रवार, श्रावण १६, २०७७
484

सोल-कोरोनाभाइरसका कारण विश्वका धेरै व्यवसायहरु प्रभावित भएका छन् । धेरैजसो व्यवसाय संचालननै हुन नपाएकाले घाटामा गएका हुन् । तर दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले भने यो महामारीको लाभनै उठाएको छ । यो अवधिमा लाखौले घरबाटनै काम गर्दा आफ्ना उत्पादनहरुको माग बढेकाले नाफामा गएको कम्पनीले जनाएको छ ।
स्मार्टफोनको उत्पादनको मामिलामा विश्वकै ठूलो कम्पनी रहेको सामसङले दोस्रो त्रैमासमा गत वर्षको तुलनामा संचालन नाफा २३ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

कम्प्यूटर चिप्सको मागमा भएको वृद्धिले यसमा सहयोग गरेको छ । यसले विश्वव्यापी बजारमा मूल्य उकालो लागेको छ ।
होम वर्किङ र स्कुलिङलाई सहयोग गर्न डाटा सेन्टरहरुले क्षमता बढाएका छन् ।
कोभिड–१९ को लगातारको प्रभावका कारण टाढैबाट काम गर्ने र अनलाइनको कक्षा संचालन गर्ने अवस्था आएपछि यसका लागि आवश्यक क्लाउड एप्लिकेसनको विष्फोटक मागले मेमोरी व्यवसाय उकालो लागेको छ । तर मोबाइलको माग भने तुलनात्मक रुपमा कमजोर रहेको कम्पनीले विज्ञप्तिमार्फत् जनाएको छ ।