कारोबार संवाददाता
मंगलबार, असार ३०, २०७७
872

साउथ चानइना मर्निङ पोष्ट


हङकङ-चीन र भारतबीचको सीमा विवादको समयमा अमेरिका र रुस भने भारतलाई हतियार बिक्री गर्ने होडमा लागि परेका छन् । गत साता भारत सरकारले २.४ अर्ब डलरमा ३३ नयाँ रुसी युद्धक विमानको खरिदको प्रस्ताव पारित गरेको थियो । यो सम्झौता ५.४३ अर्ब डलरको पहिलेको एस–४०० हवाई रक्षा मिसाईल प्रणालीका अतिरिक्त हो ।
यद्यपि भारतमा केहीले चीनसँग रुसको नजिकको सम्बन्ध रहेकाले मस्कोको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । यसैबीच अमेरिकाले पनि इन्डो–प्रशान्त रणनीतिका आधारमा नयाँ दिल्लीलाई हतियार बिक्री गर्ने प्रयास गरिरहेको छ ।
“भारतमा धेरैले एउटैसँग हतियार किन्न नहुने सुझाव दिँदै आएका छन् । उनीहरुले अमेरिका र रुस दुवैसँग हतियार किन्ने विषयमा जोड दिँदै आएका छन्,” नयाँ दिल्लीमा रहेको अब्जर्भर रिसर्च फाउन्डेशनमा न्यूक्लियर एन्ड स्पेस पोलिसी इनिसियटिभकी सुविख्यात फेलो राजेश्वरी पिलाई राजागोपालानले बताईन् ।
अन्तर्राष्ट्रिय हतियार बजारमा भारत सबैभन्दा ठूलो हतियार खरिदकर्ता मुलुक हो । यो देशले प्रत्येक वर्ष अर्बौ डलरको हतियार खरिद गर्दै आएको छ । विगत १० वर्षको अवधिमा विश्वका अन्य कुनै पनि मुलुकको तुलनामा हतियार खरिदमा सर्वाधिक रकम खर्च गरेको सिप्रीले जनाएको छ ।
सोभियत युगदेखि रुस भारतको सर्वाधिक ठूलो हतियार आपूर्तिकर्ता रहदै आएको थियो । २००० देखि मात्रै यसले भारतमा ३५ अर्ब डलरको हतियार बिक्री गरिसकेको छ । यो भारतको खरिदको लगभग २ तिहाई हो । यो अवधिमा भारतले ५१ अर्ब डलरको हतियार खरिद गरेको थियो ।
भारतका सर्वाधिक रणनीतिक हतियारहरु विमान वाहव (एयरक्राफ्ट क्यारियर) आइएनएस बिक्रमादित्यदेखि सिप बोर्न मिग–२९ र का–३१ विमान, सेवामा रहेको परमाणु आक्रमण गर्ने सबमरिन ‘चक्र’, टी–९०, टी–७२ प्रमुख लडाकु ट्यांक सबै रुसका हुन् ।
यसको तुलनामा विगत २० वर्षको अवधिमा अमेरिकासँग भारतले कुल ३.९ अर्ब डलरको हतियार सम्झौता गरेको छ । २०१० देखि भने अमेरिकाले भारतमा हतियार बिक्रीलाई बढाउदै आएको छ ।
भारतले आपूmलाई बोइङ सी–१७ र सी–१३० जे एयरलिफ्टरबााट सु–सज्जित गरेको छ । यो वर्षको सुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३ अर्ब डलरको अमेरिकी उपकरण खरिद गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।