एजेन्सी
मंगलबार, असार ३०, २०७७
1005

बेइजिङ-२०१८ देखि २०२० सम्म अमेरिका र चीनबीच व्यापार युद्धको जस्तो स्थिति देखिएको छ । यस्तो अवस्थामा चीनले अमेरिकाको.सट्टा अन्य देशमा सामग्री बिक्री गर्ने प्रयास गरिरहेको छ ।
जानकारका अनुसार भारतीय दबाबका कारण चीनले आयातित सामानमा स्रोत देशको नियमको दुरुपयोग गर्दै आसियान देश र हङकङको माध्यमबाट भारतमा सामग्री बिक्री गरिरहेको छ । आसियान देशसँग भारतको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) रहेको छ ।