एजेन्सी
सोमवार, असार २९, २०७७
682

टोकियो-मौषमको समयमा नेपालमा दुई थरीका अंगुर पाइन्छन् । कालो र हरियो । कालो प्रति केजी २०० रुपैयाँमा पाइन्छ भने हरियो अंगुर १०० रुपैयाँमै पनि पाइन्छ । तर तापाईलाई विश्वमा रातो अंगुर पनि पाइन्छ र यसको मूल्य १ गुच्छाकै १२ लाख रुपैयाँ सम्म पर्छ भन्दा अचम्म लाग्न सक्छ ।
हो जापानमा रुबी रोमन नामको अंगुरको मूल्य प्रति गु्च्छानै १२ लाख रुपैयाँ पर्छ ।

यो अंगुरको रङ रातो हुन्छ । यो अंगुरको प्रजाती १९९५ मा विकसित गरिएको थियो । जापानको इशिकावामा अंगुरको यो प्रजातीको विकासका लागि किसानलाई प्रीफेक्वुरल एग्रीकल्चर रिसर्च सेन्टरले अपील गरेको थियो । रिसर्च सेन्टरले ४०० अंगुरको लहरामा करीब दुई वर्षसम्म परीक्षण गरेको थियो । ४०० लहरामा केवल ४ मा मात्रै रातो अंगुर फलेको थियो ।
रुबी रोमन नामको यो अंगुरको एक दानाको वजननै २० ग्राम हुने गरेको छ । एक गुच्छामा करीब २४ अंगुर हुने गर्छ ।
जापानमा मानिसहरुले १२ लाख रुपैयाँमा यो सानो अंगुरको गुच्छा किनिरिहेका छन् । यसलाई विशेषगरी धनीहरुको फल भन्ने गरिएको छ ।