एजेन्सी
आइतवार, असार २८, २०७७
732

बेइजिङ-विश्वकै मूल्यवान कम्पनीमा चिनियाँ ई–कमर्श अलिबाबाले अमेरिकी सोशल मीडिया कम्पनी फेसबुकलाई पछि पारेको छ । अलिबाबाको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएपछि विश्वकै छैटो मूल्यवान कम्पनीमा फेसबुकलाई पछि पारेको हो ।
नोभेम्बरमा हङकङमा सेकेन्डरी लिस्टिङ भएपछि अलिबाबाको सेयर मूल्यमा १ दिनकै सर्वाधिक वृद्धि भएको हो । प्रति सेयर २६१ डलरका दरले यसको बजार पुँजीकरण ५.६१४ ट्रिलियन हङकङ डलर अर्थात ७२० अर्ब अमेरिकी डलर पुगेको थियो । यो बजार पुँजीकरणसँगै फेसबुक पछि परेको हो ।
न्यूयोर्कमा कारोबार सुरु भएपछि फेसबुकको सेयरमा थोरै सुधार आएको छ । फेसबुकको प्रति सेयर मूल्य २४१ डलर रहेको छ । यो सँगै बजार् पुँजीकरण ६८७ अर्ब डलर पुगेको छ । चिनियाँ अनलाईन जायन्टले अर्को वरियतामा पनि फेसबुकलाई पछि पारेको थियो । अलिबाबा हाल सर्वाधिक मूृल्यवान चिनियाँ ब्रान्ड भएको छ । यसपछि टेनसेन्ट रहेको छ । यी दुई कम्पनीहरु यो वर्षको टप १०० मोस्ट भ्यालूयबल ग्लोबल ब्रान्डको रेटिङमा छैटौ र सातौ स्थानमा रहेका छन् । फेसबुक यी कम्पनी भन्दा पछि रहेका छन् । फेसबुक २०१९ पछि तीन स्थान आर्लेको छ ।