एजेन्सी
आइतवार, असार २८, २०७७
1784

बेइजिङ-पछिल्लो समयमा चीनले अस्ट्रेलियालाई धम्काएको छ । चीनको विदेश मन्त्रालयले अस्ट्रेलियालाई आफ्नो मामिलामा हस्तक्षेप बन्द नगर्नका लागि भनेको छ । यो एक ढुंगा उठाएर आफ्नै खुट्टामा ढुंगा हान्नु बराबर भएको चिनियाँ विदेश मन्त्रालयले जारी गरेका विज्ञप्मिा उल्लेख छ ।
अमेरिका, बेलायत, क्यानडापछि अस्ट्रेलियाले पनि चीनसँगको राष्ट्रिय सुरक्षा कानुनसँग पैदा भएको आशंकाका कारण हङकङसँगको सुपुर्दगी सन्धी रद्द गरेको छ । यसपछि अस्ट्रेलिया र हङकङ आफ्नो अधिकार क्षेत्रको कुनै पनि व्यक्तिलाई सुपुर्दगी गर्न पाउने छैनन् । यसका अतिरिक्त अस्ट्रेलियाले हङकङका मनिसलाई आफ्नो मुलुककमा भिसा अवधि बढाउने प्रस्ताव गरेको छ ।