एजेन्सी
मंगलबार, असार २३, २०७७
1439

हनोई-पौराणीक कथाका पात्र लंका अधिपति रावणनै सुनबाट बनेको महलमा बस्ने गरेको सुनिदै आएको थियो । तर तपाईलाई पनि सुनको होटलमा बस्ने अवसर प्राप्त हुने भएको छ । भियतनामको राजधानी हनोइमा यो होटल बनेर तयार भएको छ । जसले विश्वकै सर्वाधिक विलाशी होटललाई पछि पार्ने भएको छ । यो होटलको विशेष कुरा यो छ कि यसमा सुनको लेपन गरिएको छ । शौचालयको सीटमा पनि सुनकै लेपन गरिएको छ । २ जुलाईमा सुरु भएको डोल्से हनोई गोल्डन लेक होटलमा सुनका बस्तुको उपयोग गरिएको छ ।
यो होटल २५ तलाको रहेको छ, जसमा ४०० कोठा रहेका छन् । यो होटलको बाहिरी भित्तामा ५४,००० वर्ग फीटको गोल्ड प्लेटेड टायल राखिएको छ । यहासम्मकी होटलमा काम गर्ने कर्मचारीको पोशाक पनि रातो र सुनौलो रङको रहेको छ । २००९ मा यो होटलको निर्माण सुरु भएको थियो ।
यहाका सबै बस्तु्मा सुनको तह राखिएको छ । यहासम्मकी स्वीमिङ पुलको बाहिर राखिएको इटामा पनि सुनकै तह राखिएको छ । यो होटलमा एक सात बसेको भाडा ४.८५ लाख भारु रहेको छ । यो होटलल बन्नका लागि ११ वर्ष लागेको थियो ।