एजेन्सी
आइतवार, असार २१, २०७७
1890

तेहरान-इजरायलले आफ्नो घोर बिरोधी इरानमाथि जोडदार साइबर हमला गरेर उसको परमाणु ठेगाना ध्वस्त पारेको छ । इजरायली आक्रमणमा इरानको युरेनियम संवर्धन केन्द्र तथा मिसाइल निर्माण केन्द्रमा आगो लागेको छ । इजरायलले आफ्नो घातक एफ–३५ फाइटर जेटको सहयोगबाट इरानको पर्चिन इलाकामा मिसाइल निर्माण स्थलमा धावा बोलेर ध्वस्त पारेको हो ।
कुवेती अखबार अल जरिदाको खबरका अनुसार यो घटना पछिल्लो सातामा भएको हो । अखबारका अनुसार इजरायलले साइबर हमला गरेर बिहीबार इरानको नतांज परमाणु संवर्धन केन्द्रमा आगो लागेको र जोडदार विष्फोट भएको हा । यो पुरा केन्द्र जमीनको भित्र बनाइएको थियो । कुवेती अखबारले यो विषयको दावी गरेको हो । गत शुक्रबार फाइटर जेट एफ– १६ स्टील्थ ले इरानको पर्चिन इलाकामा विद्यमान एक ठेगानामा बमबारी गरेको थियो ।

योनै मिसाइल उत्पादन केन्द्र भएको बताइदै आएको छ ।
इजरायलले लगातार आरोप लगाउदै आएको छ कि आफ्नो हतियार र मिसाइललाई इरानले यहुदिका बिरोधी हिज्बुल्लालाई उपलव्ध गराउदै आएको थियो । यो हमलाबाट इरानमाथि नराम्रो झट्का लागेको छ । इजरायलको यो हमलाबाट इरानको परमाणु कार्यक्रम करिब २ महिना पर सरेको बताइएको छ ।