एजेन्सी
आइतवार, असार २१, २०७७
800

नयाँ दिल्ली-पुणेका पिंपरी–चिंचवाड जिल्लामा बस्दै आएका शंकर कुराडे आजकल सोशल मीडियामा व्यापक चर्चामा आइरहेका छन् । उनले कोरोनाभाइरसबाट बच्नका लागि मास्क त लगाइरहेका छन्, तर उनको मास्क सामान्य मास्क जस्तो नभएर सुनको मास्क हो ।
शंकरले आफ्ना लागि जुन मास्क बनाएका थिए, यसको मूल्य २.८९ लाख भारुको रहेको छ । सुनको मास्को विषयलाई लिएर जब शंकरसँग कुराकानी भयो उनले यो अत्यन्त पातलो मास्क भएको बताएका छन् । यसमा कैयौ साना–साना प्वाल छ, जसको माध्यमबाट सांस लिन कुनै समस्या हुने गरेको छैन ।