एजेन्सी
शुक्रवार, असार १९, २०७७
1023

वासिङटन-ब्रम्हान्डमा एक यस्तो ब्ल्याकहोल छ जसले दैनिक एक सूर्य निल्ने गरेको छ । यो ब्ल्याकहोल हाम्रो सूर्य भन्दा ३,४०० करोड गुणा ठूलो छ । खास के छ भने करोडौ सूर्यको प्रकाश सोस्ने यो सुपरमेसिभ ब्ल्याकहोल जे–२१५७ केवल १ महिनामै दुईगुणा  अकारको हुने गर्छ ।
यो ब्ल्याकहोल ब्रम्हान्डको सबैभन्दा ठूलो ब्ल्याकहोल एबेल ८५ भन्दा केही सानो आकारको रहेको छ । जसको तौल ४००० करोड सूर्यको बराबर रहेको छ । अस्ट्रेलियाको नेशनल युनिभर्सिटीको एक नयाँ शोधका अनुसार यदी मिल्की वे को यो ब्ल्याकहोल यसै किसिमबाट बढ्ने हो भने यसले हाम्रो आकाशगंगाको दुई तिहाई तारा निल्ने छ ।

पृथ्वीबाट १२० करोड प्रकाश वर्ष पर रहेको यो ब्ल्याकहोल सेजिटेरियस ब्ल्याकहोलभन्दा ८ हजार गुणा धेरै ठूलो छ । सेजिटेरियस मिल्की वे एकदम केन्द्रमा रहेको छ । अध्ययनका अनुसार एक ब्ल्याकहोल कति सूर्य वा तारा खान सक्छ, यो यो कति ठूलो भइसकेको छ भन्ने विषयमा निर्भर रहन्छ । यो ब्ल्याकहोल पहिलेनै यती ठूलो भइसकेको छ कि प्रत्येक १० लाख वर्षमा १ प्रतिशत बढिरहेको छ ।
भित्रको ग्यासको पनि पीता होे चमकदार ब्ल्याकहोल
यो ब्ल्याकहोल ब्रम्हान्डको अहिलेसम्मकै सर्वाधिक चमकदार ब्ल्याकहाmेल हो । यसको खोजी गर्ने क्रिश्चियन वुल्फले भनेका छन्,“जती तीव्र दरमा यो बढिरहेको छ, यसको साथसाथै यो हजार गुणा ज्यादा चमकदार हुदै गइरहेको छ । कारण यो हो कि यसले दैनिक आफ्नो भित्र पैदा हुने सबै ग्यास पिउछ । यसबाट व्यापक रुपमा उर्जा तथा घर्षण पैदा भइरहेको छ ।”
मृत ताराबाट ब्ल्याकहोलको जन्म तथा वजन पत्ता लगाइयो
मृत हुदै गएको ताराको प्रक्रियाको आधारमा जापानका भौतिक शोधकर्ताले ब्ल्याकहोलको उत्पत्ती तथा यसको अधिकतम वजन पत्ता लगाउन सफल भएका छन्् । लेजर इन्टरफेरोमीटर ग्रेभिटेशनल वेभ अब्जरभेटरी (लिगा) तथा विर्गो इन्टरफेरोमीट्रिक ग्रेभिटेशनल वेभ एन्टिना (विर्गो) को माध्यमबाट गुरुत्वीय तरगं पत्ता लगाएपछि वैज्ञानिकले जीडब्ल्यू १७०७२९ नामको ब्ल्याकहोलमा तथा ताराको समान पहिलेनै यो करिब ५० सूर्यको वजनको बराबर हो । यो एक ब्ल्याकहोलमा जान्छ र सुपरनोवा विष्फोट हुन्छ ।