एजेन्सी
शुक्रवार, असार १९, २०७७
888

टोकियो-जापानमा गरिबी बढेसँगै देशको मध्यमवर्ग विस्तारै घट्न थालेको अक्सफोर्ड इकोनोमिक्सको सिगेटो नागलले बताएका छन् ।
“१९६० को दसकमा बबल विष्फोट भएपछि आम्दानी प्रतिशतमा आम्दानी ओरालो लाग्न थालेको छ र न्यून आम्दानी घरधुरीको हिस्सा बढेको छ भने मध्यमवर्गीय र उच्च आम्दानी समूहको घट्न थालेको छ,” फर्ममा जापान अर्थशास्त्रका नागाईले रिपोर्टमा उल्लेख गरेका छन् ।

१९९० को दसकको सुरुवातका १० वर्षदेखिको समयलाई जापानको गुमेको दसकको रुपमा लिने गरिएको छ ।
“असमानता फराकिलो भएको छैन र आम्दानी उच्च वर्गमा केन्द्रीत भएको छैन । मध्यम आम्दानी समूहको क्षतिमा न्यून आम्दानी भएका घरधुरीको आम्दानीमा वृद्धि भएको छ,” अर्थशास्त्रीले बताएका छन् ।
ओईसीडीको पछिल्लो तथ्यांक अनुसार जापानको गरिबी दर १५.७ प्रतिशत रहेको छ ।
“जापानमा मध्यमवर्गीय लुप्त हुर्दै गइरहेका छन्” नागाइले बताएका छन् ।