एजेन्सी
बिहिवार, असार १८, २०७७
726

क्यानबेरा-चीनसँगको जारी विवादका कारण अब अस्ट्रेलियाले हिन्द महासागर क्षेत्रमा सेनालाई मजबुत पार्ने पैmसला गरेको छ । यसलाई मध्येनजर गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बुधबार २७० अर्ब अस्ट्रेलियन डलरको रक्षा योजनाको घोषणा गरेका छन् । चीनकातर्फबाट साइबर र आर्थिक घेराबन्दीबाट प्रभावित भएर अस्ट्रेलियाको यो कदम आएको हो ।
मोरिसनले भनेका छन्,“हिन्द महासागर क्षेत्रको दावीलाई लिएर लगातार तनाव बढिरहेको छ । भारत र चीनबीचको विवाद, दक्षिणी चीन सागर र पूर्वी चीन सागरमा बढेको तनाव हेर्दै अस्ट्रेलियाले सतह, आकास र समुद्र आधारित लामो दुरीको मिसाईल र हाइपरसोनिक स्ट्राइक मिसाइलमा लगानी गर्ने बताएको छ । सुपर हर्नेट फाइटर जेटको बेडालाई मजबुत गर्नका लागि लामो दुरीको एन्टी शिप मिसाइलको खरिद सहित रक्षा रणनीतिमा परिवर्तन गरिने छ । हिन्द प्रशान्त बढ्दो रणनीतिक प्रतिस्पर्धाको प्रमुख केन्द्र बनेको छ ।
अस्ट्रेलियाले साइबर सुरक्षाको क्षमता बढाउनका लागि हाल सम्म सर्वाधिक बढी लगानी गर्ने पैmसला गरेको छ । आगामी १ दसकको अवधिमा यो क्षेत्रमा १.३५ अर्ब अस्ट्रेलियाली डलर खर्च गरिने छ ।