एजेन्सी
बुधवार, चैत्र ७, २०७४
3639

वासिङटन-अमेरिकी सेनाले रुस र चीनले विकास गरिरहेको उच्च गतीको हतियारको सामना गर्न नसक्ने अमेरिकाको वरिष्ठ परमाणु कमान्डरले बताएका छन् ।“हामीसँग यस किसिमिको हतियारको रक्षात्मक अवस्था छैन,” एयर फोर्सका जनरल जोन हिटेनले बताए ।“हाइपरसोनिक डर ब्यालेस्टिकबाट सुरु हुने प्रणाली हो । यो एउटा ब्यालेस्टिक प्रणाली जस्तै देखिन्छ । यो एउटा क्रुज क्षेप्यास्त्र तथा विमान जस्तै किसिमबाट उड्छ,” हिटेनले बताए ।
“रुस र चीन दुवैले आक्रामक रुपमा हाइपरसोनिक क्षमताको विकास गरिरहेका छन्,” हिटेनले बताए । “हामीे उनीहरुले उक्त क्षमताको परिक्षण गरिरहेको देखेका छौ,” उनले बताए ।हालै मात्र रक्षा विभागको ६८६ अर्ब डलरको मागे रुस र चीनबाट आउन सक्ने खतराको योजनलाई जोड दिएको छ । यसले अमेरिकासँग हाइपरसोनिकसँग जुझ्नका लागि क्षमताको अभाव भएको स्पष्ट पारेको छ ।
हिटेनले यो भन्दा पहिलेृ पनि रुस अमेरिकाका लागि ठूलो डर भएको बताएका थिए । उनले अमेरिकाको हतियारमा अर्कै किसिमको परमाणु हतियार थप्नु आवश्यक भएको पनि बताएका थिए ।“म सानो आकारको परमाणु हतियारको आवश्यकता भएकोमा सहमत छु,” उनले बताए ।यो महिनाको सुरुमै राष्ट्रलाई दिएको २ घन्टा लामो भाषणमा पुटिनले नयाँ परमाणु हतियारका साथसाथै हाइपरसोनिक क्षेप्यास्त्रको श्रृंखलाको घोषणा गरेका थिए ।पुटिनले अन्य मुलुकको कदमलाई आधार मानेर रुसको हतियारलाई विकास गर्न आवश्यक भएको बताए का छन् ।