एजेन्सी
आइतवार, असार ७, २०७७
2714

वासिङटन र बेइजिङबीचको तनाव बढेसँगै चिनियाँ कम्पनीहरुले अमेरिकामा हुने आफ्नो लिस्टिङ फिर्ता गर्न थालेका छन् । विशेषगरी मुख्यभूमि चीन र हङकङलाई वैकल्पिक थलोको रुपमा रोज्दै उनीहरुले अमेरिकी लिस्टिङ फिर्ता लिन थालेका हुन् ।
यो वर्षको हालसम्मको अवधिममा अमेरिकामा सूचिकृत भएका चिनियाँ कम्पनीहरुले ८.१ अर्ब डलरको ऋण सहितका निजी सम्झौता फिर्ता लिन लागेको ब्लूमबर्गले संकलन गरेको तथ्यांकले देखाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ व्यवसायमाथि थप दबाब दिने बिचार गरेपछिको समयमा चिनियाँ कम्पनीहरुको यस्तो निर्णय आएको हो । नास्दाकले उनीहरुलाई थप गाहे हुने नयाँ नियम ल्याउने तयारी गरेसँगै चिनियाँ कम्पनीहरुको यस्तो निर्णय आएको हो ।
ट्रम्पले यसै महिना चीनमाथि संवेदनशील सुरक्षाबिना अमेरिकी पुँजी बजारबाट लाभ लिइरहेको आरोप लगाउदै अमेरिकामा सूचिकृत भएका चिनियाँ व्यसायलाई आगामी ६० दिनभित्र कठोर किसिमको मापदण्डबाट आउनका लागि आदेश दिएका थिए ।