एजेन्सी
बिहिवार, असार ४, २०७७
967

लन्डन-बेलायती प्रधानमन्त्री र शाही परिवारका सदस्यको अन्तर्राष्ट्रिय भ्रमणका लागि प्रयोग हुने विमान युनियन फ्ल्यागको रङमा पुनः रंगाइन लागेको छ । विदेशमा संयुक्त अधिराज्यको राम्रो प्रतिनिधित्व गर्नका लागि रिब्रान्डेड गर्न लागिएको हो ।
रातो, सेतो र नीलो रिब्रान्डिङका लागि ९ लाख पाउन्ड चाहिने नं. १० ले जनाएको छ ।

पैसाको मूल्यांकन आफुले गर्ने र यूकेमा यसको सबै काम भइसकेको डाउनिङ स्ट्रिटले जनाएको छ ।
तर, विपक्षिहरुले यसको सट्टा पैसा कोरोनाभाइरस पीडितालाई प्रयोग गर्नुपर्ने भन्दै आलोचना गरेका छन् ।
यो आरएएफ भोयाजर प्रधानमन्त्री, अन्य मन्त्रीहरु र शाही परिवारका अन्य वरिष्ठ सदस्यहरुले अफिसियल कामका लागि प्रयोग गर्दै आएका छन् ।
यो नयाँ रिब्रान्डिङले विदेशमा बेलायतको राम्रो प्रतिनिधित्व हुने र सैन्य विमानले आकाशमै इन्धन भर्ने क्षमता राखने नं १० ले जनाएको छ ।
‘द आरएएफ भोयाजर’ एयरबस ए–३३० जेट बेलायती सरकारको प्रयोगका लागि २०१५ प्रस्ताव गरिएको थियो । उक्त समयमा यसको मूल्य १ करोड पाउन्ड रहेको थियो ।
यसको पहिलो प्रयोग २०१६ को जुलाईमा पोल्यान्डमा भएको नेटो सम्मेलनमा जान डेभिड क्यामरुन र अन्य मन्त्रीहरुले गरेका थिए ।
उक्त समयमा सरकारले उक्त खर्चको बचाउ गरेको थियो । चार्टड फ्लाईटको तुलनामा यो सस्तो भएको र यसले वर्षको ७ लाख ७५ हजार पाउन्ड जोगाउने सरकारले जनाएको थियो ।