एजेन्सी
आइतवार, जेठ २५, २०७७
1474

ब्रसेल्स-ईयूले अमेरिका र चीन मध्ये कुनै एकलाई रोज्नु आवश्यक नभएको ईयूका विदेश मामिला प्रमुख जोसेप बोरेलले बताएका छन् । तर आफ्नो स्वार्थको रक्षाका लागि रणनीतिक स्वायत्तता आवश्यक भएको उनले बताए ।
“हाल अमेरिका र चीन मुठभेडको अवस्थामा छन् । यसले भोलीको विश्वको आकार तयार पार्नेछ,” बोरेलले भने ।

“हामीले हाम्रो स्वार्थको रक्षाका लागि केही निश्चित किसिमको स्वायत्तता राख्नु आवश्यक छ,” उनको कथन थियो ।
“अमेरिका–चीनबीचको विवादमा ईयू तटस्थ थियो । हामीले अमेरिकाको जस्तै राजनीिितक प्रणाली अवलम्वन गर्दै आएका थियौ र चीनको जस्तो राजनीतिक प्रणाली आत्मसाथ गर्नु आवश्यक थिएन,”बोरेलले भने । “तर, ईयूको आफ्नै किसिमको स्वार्थ थियो जुन अमेरिकाको जस्तै थिएन,” उनले थपे ।
अमेरिकाले जस्तै ईयूले चीनसँगको आर्थिक र व्यापारिक सम्बन्ध बिगार्न र बहुपक्षिय अवस्था त्याग्न नचाहेको उनले बताए । पछिल्लो समयमा चीनले बहुक्षिय संगठनहरुमा ठूलो भूमिका लिन खोजिरहेको छ ।
“हामी अमेरिका र चीन मध्ये कसैलाई छान्न चाहन्नौ,” उनले भने ।
कोभिड–१९ महामारीले विश्वव्यापी बजारमा युरोपको निर्भरता बढेसँगै रणनीतिक स्वायत्तताको आवश्यकता झनै महशुस भएको र चिकित्सा उपकरणका लागि चीनमाथि निर्भर भएको उनले बताए ।