एजेन्सी
आइतवार, जेठ २५, २०७७
1231

बेइजिङ-चीनले आफ्ना राज्य स्वामित्वका फर्महरुलाई अमेरिकाबाट भटमास र पोर्कको आयात रोक्नका लागि आदेश दिएको विषयसँग जानकार स्रोतले जनाएको छ । बेइजिङलाई दण्डित गर्नका लागि वासिङटनले हङकङलाई दिँदै आएको विशेष सहुलियत अन्त्य गर्ने निर्णय गरेपछि चीनकोतर्फबाट यस्तो कदम आएको हो ।
अमेरिकाबाट ठूलो परिमाणमा गर्ने भनिएको मकै र कपास पनि रोकिएको स्रोतले जनाएको छ ।

यदी वासिङटन थप आक्रामक भएमा चीनले अतिरिक्त अमेरिकी कृषि सामग्रीमा रोक लगाउन सक्ने स्रोतले जनाएको छ ।
“चीनले राज्य स्वामित्वका प्रमुख फर्महरुलाई प्रमुख अमेरिकी उत्पादनहरु भटमास र पोर्कको विशाल खरिद रोक्नका लागि भनेको छ । यो हङकङमा अमेरिकाले चालेको कदमको जवाफ स्वरुप हो,” स्रोतले भन्यो ।
“अमेरिकाले अर्को के गर्छ, त्यो हामी नियाल्ने छौ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो प्रशासनलाई हङकङकलाई दिँईदै आएको विशेष व्यवहार अन्त्य गर्न निर्देशन दिएका थिए । यसमा प्रत्र्यपणदेखि निर्यात नियन्त्रणसम्मका विषय रहेका छन् ।
यदी वासिङटनले हङकङको विषयमा थप कदमा चालेमा चीन अमेरिकाबाट आयात हुने थप कृषि सामग्रीको आयात रोक्नका लागि तयार भएको स्रोतले बतायो ।
चिनियाँ आयातकर्ताहरुले पछिल्ला महिनाहरुमा सालाखाला एक साताको लागि प्रयोग हुने १० हजारदेखि २० हजार टन सम्मको अमेरिकी पोर्कको आयात रद्ध गरेका छन् । ठूलो परिमाणमाा अमेरिकी मकै र कपासको आयात पनि रोकिएको छ । तर यसको विस्तृत विवरण भने खुलाइएको छैन ।
खराब अवस्थासम्मको बिचार गर्ने हो भने यदी ट्रम्पले लगातार चीनलाई निशाना बनाएमा बेइजिङले फेज–१ व्यापार सम्झौता भंग गर्न सक्ने अर्को स्रोतले बतायो ।
जनवरीमा दुई मुलुकबीच भएको प्रारम्भिक सम्झौता अनुसार २०१७ को तथ्यांकमा आधारित हुने हो भने दुई वर्षको अवधिमा चीनले अतिरिक्त ३२ अर्ब डलरको अमेरिकी कृषि उत्पादन खरिद गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
व्यापार सम्झौताको प्रतिबद्धता पुरा गर्न चीनले यो वर्ष अमेरिकाबाट भटमास, मकै, गहुँ र सोयोआयल खरिद गरेको थियो । स्वाइन फ्लूले आफ्ना सुगुरका बथान सखाप भएपछि चीनले अमेरिकी पोर्कको खरिद प्रक्रिया पनि अगाडि बढाएको थियो ।
अमेरिकी कृषि विभागले २०२० को पहिलो त्रैमासिक अवधिमा चीनले अमेरिकाबाट १.०२८ अर्ब डलरको भटमास र ६९ करोड १० लाख डलरको पोर्क खरिद गरेको जनाएकाो छ ।