एजेन्सी
सोमवार, जेठ १९, २०७७
519

लन्डन-कोरोनाभाइरसको लकडाउनका कारण पुरै विश्व घरमै कैद भएको समयमा बेलायतका दुई साथीले पिज्जा खानका लागि २५० माइलसम्मको यात्रा गरेका छ्न् । लकडाउनका कारण उनीहरुको शहर हाउलमा म्याक डोनाल्डको सबै आउटलेट बन्द थियो । तर फास्टफुडका शोखिन उनीहरुले पीटरबर्ग शहर गएर आफ्नो यो रहर पुरा गरेका छन् । तर -यान हल र पेस्लेले आफ्नो यो रहर पुरा गर्नका लागि गरेको यो यात्राको समयमा पिज्जाको मूल्य भन्दा बढी पेट्रोलमा बढी पैसा खर्च गरेका छन् । यद्यपि फास्टफुडका पारखी यी दुईलाई आफ्नो यो खर्चप्रति कुनै पश्चाताप छैन । उनीरुले आफ्नो घर हाउलदेखि पीटरबर्गसम्मको यो यात्राको समयमा २७ युरोको इन्धन प्रयोग गरेका थिए ।
पीटरबर्ग पुगेपछि पनि उनीहरुले आउटलेटमा आफ्नो पालोका लागि लामो समयसम्म कुर्नु परेको थियो । यसपछि उनीहरुले चिकेन म्याकनेट मील, लार्ज बिग म्याक मील, दुई कोक, दुई डबल चीजबर्गर र एक फिलेट माछा अर्डर दिएका थिए । यसका लागि उनीहरुले २० युरो खर्च गरेका थिए । आफ्नो अर्डर लिएपछि उनीहरुले आउटलेटको पार्किङमा आफ्नो खानाको मज्जा लिएका थिए ।
आफ्नो १५ मिनेटको फास्टफूडका लागि ७ घन्टा भन्दा बढीको यात्रा गर्नुपर्नेे आफूले कहिले पनि नसोचेको -यान हलले बताए । उनले भने, “यो यात्राले ममा धेरै उर्जा थपेको छ । भविष्यमा यदी फेरी यस किसिमका अवसर आयो भने म पुनः यस्तै गर्नेछु ।”