एजेन्सी
मंगलबार, बैशाख २, २०७७
2654

जेनेभा-पुरै विश्वका लागि चुनौती बनेको कोरोनाभाइरस अब विवादको कारण पनि भएको छ । यो भाइरसबाट बचाउनका लागि हालसम्म कुनै खोप बनेको छैन । तर, अत्यावश्यक मेडिकल किट्सको विषयलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा तनाव पैदा भएको छ । नयाँ विवाद भारत र अमेरिकाबीच देखिएको छ । यो विषयमा विश्व स्वास्थ्य संगठनले सफाई पनि दिएको छ ।
तामिलनाडुका मुख्य मचिवले चीनबाट भारत आउन लागेको -यापिड एन्टी बडी टेस्ट किट्सको कनसाइनमेन्ट अमेरिकातर्फ पठाइएको आरोप लगाएका छन् । यो विषयमा भारत सरकारकातर्फबाट कुनै सम्पर्क नगरेको संगठनले बताएको छ । डब्लूएचओले इशारै इशारामा सबै मुलुकलाई अनुशासनमा रहनका लागि समेत भनेको छ ।
संगठनका कार्यकारी निर्देशक डा. माइक रेयानले भनेका छन्,“जहासम्म मेरो जानकारी छ यो विषयमा हामीलाई कुनै सूचना प्राप्त भएको छैन । तर, मेडिकल आपूर्तिको दबाव छ र यस्तो अवस्थामा सबैले अनुशासन देखाउनु आवश्यक छ ।” अमेरिकाको समस्या समाधान आपूmले गर्न नसक्ने पनि उनले बताए ।