कारोबार संवाददाता
बिहिवार, चैत्र २७, २०७६
942

वासिङटन-कोरोनाभाइरसको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनको आपूर्तिप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई धन्यवाद दिएका छन् । एक ट्वीटमा उनले भनेका छन्,“कठिन समयमा साथी–साथीबीच र सहयोगको आवश्यकता पर्छ । हाइड्रोक्सीक्लोरोक्विनमा पैmसला लिएकोमा भारत र भारतीय जनतालाई धन्यवाद । यसलाई हामी बिर्सन सक्दैनौ । यो सहयोगका लागि प्रधानमन्त्री मोदीप्रति आभारी व्यक्त गर्दछु ।”
कोरोनासँग जुभ्mनका लागि अमेरिकाले विगत केही दिन अगाडि अमेरिकाको सहयोग मागेको थियो । यो सहयोगबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्कीपूर्ण एक बयान समेत दिएका थिए । तर २४ घन्टाको अवधिमै उनको मुड पुरै फेरिएको जस्तो देखिएको छ । हाइड्रोक्सीलक्लोरोक्विन औषधीको विषयलाई लिएर डोनाल्ड ट्रम्पले मोदीले यो विषयमा सहयोग गरेको बताए । यो अत्यन्त राम्रो भएको उनले बताए ।

हाइड्रोक्सीक्लोरिक्विनको विषयमा अमेरिकी न्यूज च्यानल फक्स न्यूजसँग कुरा गर्दै डोनाल्ड ट्रम्पले भारतसँग भएको पुरै विवादको विषयमा जानकारी दिएका थिए । विदेशबाट कयौ औषधी मगाइरहेको ट्रम्पले बताए । यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि कुरा भएको र भारतबाट धेरै औषधी आउन थालेको उनले बताए ।
यो कुराकानीको समयमा ट्रम्पले भने,“मैले प्रधानमन्त्री मोदीसँग सोधे कि औषधी दिनु हुन्छ ? त्यो शानदार थियो । भारतले आफ्नो आवश्यकताका लागि हाइड्रोक्सीक्लोरोक्विन औषधीको निर्यातमा रोक लगाएको थियो । तर उनी सही थिए ।”
अमेरिकी राष्ट्रपतिले विगतका दिनको एक बयानमा भनेका थिए,“यदी भारतले हाइड्रोक्सीक्लोरोक्विनको आपूर्ति गरेन भने उसमाथि जवाफी कारवाही गर्न सकिनेछ ।” यो विषयलाई लिएर भारतमा व्यापक विवाद भएको थियो । विपक्षी दलले सरकारलाई अमेरिकी दबाबमा काम नगर्नका लागि आग्रह गरेको थियो ।