एजेन्सी
बिहिवार, चैत्र २७, २०७६
1115

वासिङटन-कोभिड–१९ महामारीको विषयलाई लिएर अमेरिका र चीनबीच चलेको वाक युद्ध अब युद्धबिराममा पुगेको छ । यसपछि कोरोनाभाइरस अव वुहान भाइरस रहेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २६ मार्चमा आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग फोनमा वार्ता गरेपछि कोरोनाभाइरसलाई चिनियाँ भाइरस भन्न बन्द गरेका छन् । यसैगरी कोरोनाभाइरसलाई वुहान भाइरस भन्दै आएका अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले पनि अब सहयोगको कुरा गर्न थालेका छन् ।
पोम्पियोले चीनको बारेमा सोधिएकोमा मंगलबार भने,“हामीलाई थाहा छ कि यो विश्वव्यापी महामारी हो र यो समय प्रत्येक देशका लागि संकट समाधान निकाल्न मिलेर काम गर्ने हो ।” यसैगरी वासिङटनमा चीनका राजदूत कुई यितानकाईले न्यूयोर्क टाइम्सलाई भने,“अमेरिकीसँग उनी बचनबद्ध छन् । चीनले अमेरिकीको सहयोगका लागि सबै गर्नेछ ।” यद्यपि अमेरिकी व्यवहारसँग क्रुद्ध हुदै गत महिना चीनले वुहानमा भाइरस अमेरिकी सेनाले ल्याएको बताएको थियो ।