एजेन्सी
बुधवार, चैत्र २६, २०७६
3087

लण्डन-बेलायती प्रधानमन्त्री बोरिस जोन्सन कोरोना भाइरसबाट संक्रमित भएपछि अस्पतालमा उपचार गराइरहेका छन् । उनको अनुपस्थितिमा बेलायततले कुनै योजना जारी गरेको छैन । यसैबीच यो सवाल पनि उठिरहेको छ कि बेलायतका परमाणु बटन को सँग छ, जबकि बोरिस बिरामी रहेका छन् । यद्यपि सरकारले मंगलबार प्रधानमन्त्री बोरिस जोन्सन कोभिड–१९ को जटिलताका कारण उपचार भइरहेको समयमा संयुक्त अधिराज्यको परमाणु कोड कसको जिम्मेवारी हो भन्ने विषयमा अस्वीकार गरेको छ ।
जोन्सको उपचार भइरहेको समयमा विदेश मन्त्री डोमिनिक राबलाई परमाणु कोड हस्तान्तरण गरिएको हो भनि बीबीसीले सोधिएको प्रश्नमा मन्त्री परिषद कार्यालयका मन्त्री माइकल गोभले भने,“यो राम्रो किसिमबाट विकसित गरिएको प्रोटोकल हो ।” उनले राष्ट्रिय सुरक्षाको मुद्धामा आपूmलाई कुरा गर्ने आधिकार नभएको बताए ।
बेलायत विश्वको पाँच आधिकारिक परमाणु हतियार राख्ने देश मध्येको एक हो र यो मुलुकसँग चार परमाणु पनडुब्बी पनि छ, जुन परमाणु हतियारले सु–सज्जित रहेको छ । बेलायतसँग २१५ परमाणु हतियारको भण्डार छ । यद्यपि यसको १२० मात्रै संचालनको रुपमा उपलव्ध छन् । परमाणु हमलाको अधिकार केबल बेलायती प्रधानमन्त्रीसँग मात्रै रहेको छ ।