एजेन्सी
मंगलबार, चैत्र २५, २०७६
855

सोल-दक्षिण कोरियामा कोरोनाभाइरसको उपचार भएर निको भएका ५१ मा फेरी कोरोनाभाइरस पोजिटिभ भएको छ । यसले भाइरस पुनः सक्रिय हुन सक्ने देखिएको छ ।
देशको नराम्ररी प्रभावित भएको शहर डेगुका बिरामीमा भाइरस देखिएपछि क्वारेन्टाइनमा राखिएको छ । उपचार गरेर घर फर्काइएको केही दिनपछि उनीहरुमा कोरोनाभाइरस पोजिटिभ पाइएको हो ।

कोरियाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (केसीडीसी) का अनुसार भाइरस पुनः सक्रिय हुने जस्तो देखिएको छ ।
सरकार संचालित स्वास्थ्य निकायका वैज्ञानिकहरुले मानिसको सेलमा भाइरस पहिचान गर्न नसकिने तहसम्म निष्क्रिय अवस्थामा कोरोनाभाइरस बस्ने जनाएका छन् ।
अज्ञान कारण भाइरस पुनः सक्रिय हुन सक्ने उनीहरुले बताएका छन् । तर बिरामी पुनः संक्रमित हुन सक्ने वा नसक्ने कुरा भने अस्पष्ट रहेको उनीहरुको भनाई छ ।

 


सातामा धेरै पढिएको