एजेन्सी
मंगलबार, चैत्र २५, २०७६
1132

लन्डन-कोरोनाभाइरसको लक्षण गम्भीर बन्दै गएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सघन उपचार कक्ष आईसीयूमा सारिएको सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जोनसन अस्पतालमा भएको अवस्थामा प्रधानमन्त्रीको कार्यभार अस्थायी रुपमा विदेश सेक्रेटरी डोमिनिक राबले सम्हाल्ने सरकारले जनाएको छ ।

“आइतबार साझदेखि प्रधानमन्त्री लन्डनमा रहेको सेन्ट थोमस हस्पिटलमा चिकित्सकहरुको निगरानीमा रहदै आएका छन््,” डाउनी स्ट्रिटका प्रवक्ताले विज्ञप्तिमा बताए ।
“दिउसोसम्म प्रधानमन्त्रीको अवस्था झनै खराब भएको थियो । चिकित्सा टोलीको सल्लाहमा उनलाई अस्पतालमा सघन उपचार कक्षमा सारिएको छ,” प्रवक्ताले बताए ।
५५ वर्षीय जोनसनले मार्च २७ मा आपूmमा कोरानाभाइरसको मन्द लक्षण देखिएको घोषणा गरेका थिए । यसमा शरीर तातो भएको र खोकी लाग्ने लगायतका लक्षण देखिएको थियो ।

 


सातामा धेरै पढिएको