एजेन्सी
आइतवार, चैत्र २३, २०७६
9220

वासिङटन-विगतका केही सातमा चिनियाँ राष्ट्रपति सी जिनपिङ विश्वभरीका नेतासँग फोन गर्नमा व्यस्त रहे र कोरोनाभाइरसको व्यवस्थानमा विश्वव्यापी समन्वयको काम गरे । चिनियाँ  स्वास्थ्य विज्ञहरुले आफ्नो अनुभव बाड्नका लागि अन्य मुलुकसँग भिडियो कन्फरेन्सको आयोजना गरे ।“यो चीनले कुनैपनि अन्तर्राष्ट्रिय संकटको समयमा विश्वव्यापी नेतृत्वको भूमिका निर्वाहा गरेको पहिलो पटक हो । अमेरिकाले भने आफ्नो राजनीतिक शक्ति यो महामारीका लागि चीनलाई जिम्मेवार ठहराउदै उसको आलोचनाका लागि खर्चिएको छ,” यो सातको रिपोर्टमा युरेसिया ग्रुपका विश्लेषकहरुले बताएका छन् ।सामाजिक र राज्य स्वामित्वका मीडियमा चीनले लगातर युरोप र  अफ्रिका नराम्ररी प्रभावित भएका मुलुकहरुमा चिकित्सा सामग्रीको आपूर्ति गरेको विषयलाई बढावा दिँदै आएका छन् ।चीनमा ब्लक गरिएको भएपनि बेइजिङको प्रयासको प्रचार गर्नका लागि चिनियाँ  अधिकारीहरुले ट्वीटरको प्रयोग गर्दै आएका छन् ।
घरेलु रुपमा महामारी नियन्त्रण गर्नका लागि चीन सफल भएको विषय उनीहरुले चिच्याउदै आएका छन् । भाइरस आफ्नै मुलुकमा पहिलो पटक जाानकारीमा आएको सुरुमा यसको राम्रो व्यवस्थापन नभए बावजुद उनीहरु आफ्नै मुलुकमा यो नियन्त्रण गर्न सफल भएको विषय उनीहरुले दोहो-याउदै आएका छन् ।“मलाई लाग्छ विश्वमा विश्वास निर्माणका लागि सताब्दीकै अवसर हो । उदीयमान मुलुक चीनले यसलाई अत्यन्त कठिन मान्दै आएको थियो र अन्तर्राष्ट्रिय छाप निर्माणका  लागि पनि यो कठिन देखिएको थियो । चीनले यो जस्तो अवसरको  खेर जान दिँदैन,” एलएसईमा अर्थशास्त्रका एसोसियट प्राध्यापक केयू जीनले बताइन् ।सार्वजनिक स्वास्थ्य संकट चीनका लागि विश्वव्यापी शक्तिको रुपमा स्थान लिनका लागि सताब्दीकै अवसर हुन सक्ने उनले बताइन् ।तर विश्वकै दोस्रो ठूलो अर्थतन्त्र आफ्नो महत्वाकांक्षा सहज रुपमा पुरा गर्न सक्षम नहुने जोखिम परामर्शदाता युरेसिया ग्रुपले जनाएको छ ।“नेदरल्यान्ड्स, स्पेन र टर्की जस्ता मुलुकले  चीनबाट आएको मास्क र परीक्षणमा   त्रुटी पाएका छन् उसको यो कमजोरी लामो अवधिसम्म जानेछैन,” युरेसियाका विश्लेषकले लेखेका छन् ।

विश्वव्यापी  अडियन्सका लागि नभएको र घरेलू रुपमा मात्रै रहेको ट्वीटरमा पनि चीनले आफ्नो कुटनीति प्रयोग गरेको छ ।चीनको नेतृत्वले सीका लागि दुई महत्वपूर्ण राजनीतिक लक्ष्य लिएको युरेसियाका विश्लेषकहरुले बताएका छन् ।“पहिलो, यसले चीनको शाशकिय मोडलको सर्वोच्चतामा उनको दावीको प्रतिरक्षा गर्छ । यो आक्रामक नियन्त्रणको मापन र महामारीको सुरुको चेतावनीप्रति मौन बसेको भन्ने बारेमा चीनभित्रैबाटै केही आलोचनाहरुको बिरुद्धमा स्पष्ट पछाडी धकेल्नु रहेको छ,”उनीहरुको भनाई छ ।“दोस्रो, यसले चीनमै रहेको राष्ट्रवादी भावनालाई ग्रहण गर्छ । सीले पीडादायी वर्षको रुपमा रहेको अर्थतन्त्रलाई निर्देशित गरेसँगै बेइजिङका लागि सहयोग गर्छ ।
विदेशी नेताहरुसँगको सीका कतिपय वार्तालापले सप्लाई चेनलाई खुला राख्ने र व्यापारलाई कायमै राख्ने तथा सहयोगको डेलिभरीलाई केन्द्रीत गरेको छ,”उनीहरुले थपेका छन् ।तर, यस किसिमका प्रयासले चीनको असुरक्षा र कमजोरीलाई खुलासा गर्ने ब्रुकिङ इन्सटिच्यूटका -यान हास र केभिन डङले बताए ।“यीनले वुहानमा भाइरसको संक्रमणप्रति चीनको सुरुको जिम्मेवारीको असफलतालाई सम्हाल्ने काम गरेका छन्,” हालैको वेब पोष्टमा उनीहरुले लेखेका छन् ।यसले विश्वका दुई सर्वाधिक शक्तिशाली मुलुकलाई न्यारेटिभ युद्धमा धकेलेको छ । यसले भू–राजनीतिक प्रतिद्वन्द्वीतालाई कम आकेको छ र भविष्यमा थप तनाव हुनेछ ।  आन्तरिक जनसंख्यालाई मात्रै ध्यान दिँदा पनि यसले सबै समयमा राम्रो भूमिका देखाउन सक्दैन ।उदारहणका लागि बेइजिङले भाइरस वुहानमा अमेरिकाबाट ल्याइएको भन्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानको भनाईलाई वकालत गरेको छ । अमेरिकासँग उनको शब्दको युद्धको रुपमा आएको यो अवस्था नियन्त्रण बाहिर गएको युरेशिया ग्रुपले जनाएको छ । बेइजिङको सहयोगको समाचारलाई चीनमै राम्रो रुपमा ग्रहण गरिएको छैन । संकटले चीनभित्रै आम्दानीको समानतालाई झनै खराब बनाएसँगै यस्तो अवस्थाको सिर्जना भएको परामार्शदाताले थपेको छ ।“यसले बेइजिङको सहयोगको आकारमा अवरोधकको भूमिका निर्वाहा गर्न सक्छ र चीनको सहयोगलाई उसको फाइदाका लागि हुनुपर्ने प्रवृत्तीतर्फ डो-याउन सक्छ । चिनियाँ अधिकारीहरुले सहयोगले विगतमा सम्भावित लाभग्राहीले चीनलाई कस्तो व्यवहार गरेका थिए भन्ने विषयमा खुला रुपमा बोल्न थालेका छन्,” युरेसिया ग्रुपले जनाएको छ ।तर, चीनको सहयोग बाधिएको तारको रुपमा आउने छ वा चीन को रणनीतिक उद्देश्यलाई अगाडि बढाउनका लागि लक्षित भएको युरेशिया ग्रुपले जनाएको छ ।साना युरोपेली अर्थतन्त्र र ईयूका सदस्य भएका मुलुकहरुसँग सम्बन्ध निर्माण गर्ने चिनियाँ प्रयासप्रति विशेषगरी ईयू चिन्तित देखिएको छ । ईयूले इटाली, हंगेरी र सर्भियामा चीनको मास्क कुटनीतिप्रति नजिकैबाट सतर्कता देखाएको युरेशिया ग्रुपका विश्लेषकहरुले बताएका छन् ।युरोपेली संघका विदेश नीतिका प्रमुख जोसे बोरेलले हालैमा सार्वजनिक स्वास्थ्य संकटमा देखिएको वाक युद्धको बारेमा एक ब्लग पोष्टमा चेतावनी दिएका थिए ।
“चीनले आक्रामक रुपमा यो सन्देशलाई अगाडि बढाइरहेको छ कि उ अमेरिकाको विपरित एक जिम्मेवार र विश्वसनीय साझेदार हो,” उनले लेखेका छन् ।बोररेलले थपे,“हामी भू–राजनीतिक तत्वको कताईको माध्यमबाट प्रभावको संघर्ष र उदारताको राजनीति सहितको घटकप्रति अवगत हुनुपर्छ ।”