एजेन्सी
आइतवार, चैत्र ९, २०७६
1156

बेइजिङ-चीनको उत्तरपूर्वी शहर तियानजिनमा केनसिन बायोलोजिक्सले एकेडेमी अफ मिलिट्री मेडिकल साइन्सेजसँग मिलेर यो खोपका लागि काम गरेको र यसको क्लिनिकल परीक्षणका लागि स्वयंसेवीको खोजी सुरु भएको छ । हुबेइ सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) ले जुन खोपका लागि परीक्षण गर्न लागिएको छ, त्यो अत्यन्त सुरक्षित रहेको र यसबाट संक्रमणको कुनै खतरा नभएको दावी गरेको छ ।
चीनमा परीक्षणका लागि खोजी गरिएको स्वयंसेवीको बारेमा अमेरिकाले गरेको परीक्षण गर्ने भनेको एक दिनपछि घोषणा गरिएको हो । चीनले जुन खोपका लागि काम गरिरहेको छ त्यसमा मेसेन्जर रिभोलुक्निक एसिड अर्था एमआरएनए प्रविधि भाइरसको जेनेटिक कोडको नक्कल हो र यसको परीक्षण मानिसमा गर्नका लागि स्वीकृति मिलेको छ ।

यसलाई केनसिनोसँग मिलेर एकेडेमी अफ मिलिट्री मेडिकल साइन्सेसले बनाएको हो र यो खोप चीनको तर्फबाट तयार गरिदै आएका ९ खोपमध्ये सबैभन्दा अग्रणी देखिएको छ । लगभग प्रत्येक खोप क्लिनिकल ट्रायलको अवस्थामा आइसकेको छ । अप्रिलमा यसको परीक्षण हुने आशा व्यक्त गरिएको छ ।
चाइनिज एकेडेमी अफ साइन्सेसका विशेषज्ञ वांग जुन सीका अनुसार चीन खोपको परीक्षणको मामिलामा कुनै देश भन्दा पछि छैन । अन्य सबै देशको तुलनमा चीन अगाडि देखिएको छ । चीनका करीब १ हजार वैज्ञानिक यो खोप बनाउन दिन–रात लागि परेका छन् र यसको अत्यन्त सकारात्मक नतिजा पनि देखिएको छ । हुबेइका सीडीसीले भनेको छ,“परीक्षणका लागि १८ देखि ६० वर्षसम्मका स्वयंसेवीको आवश्यकता छ, जो कुनै पनि किसिमका कोरोनाभाइरसको संक्रमणको शिकार भएका छैनन् ।”