एजेन्सी
आइतवार, चैत्र ९, २०७६
626

मिलान-कोरोना भाइरसको प्रकोप विश्वमा बढिरहेको छ । यसैलाई आधार मान्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले विश्वयभरिमा आर्थिक संकट आउन सक्ने चेतावनी दिएको छ ।
विश्वका सरकारहरूले तीव्र रूपमा कुनै राम्रो कदम नउठाएमा करिब साढे २ करोड मानिसले जागिर गुमाउन सक्ने आईएलओले जनाएको छ ।

संगठनले बुधबार भनेको छ, “कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट एक विश्वव्यापी आर्थिक संकट सुरु हुन सक्छ र यदि यसको असरबाट बच्न सरकारले कदम नउठाएमा विश्वभरिमा २.५ करोडको जागिर जान सक्छ ।”
संगठनले भनेको छ, “यदि २००८–०९ को मन्दीको समयम जस्तो समन्वित रूपमा अन्तर्राष्ट्रिय नीतिगत कदम उठाउने हो भने बेरोजगारीलाई कम गर्न सकिन्छ ।”
संगठनले तत्काल ठूलो रूपमा समन्वित उपाय गर्नका लागि भनेको छ । यसले कार्यस्थलमा काम गर्नेको सुरक्षा, अर्थव्यवस्थालाई तीव्र तथा नोकरी एवं आयको प्रोत्साहन गर्र्न सकिने ठहर संगठनको छ ।
कोरोनाको असरबाट पूरै विश्वमा हाहाकार मच्चिएको छ । विश्वभरि गरेर २ लाखभन्दा बढी मानिस कोरोनाको चपेटामा आएका छन् । मृतकको संख्या ९ हजारको हाराहारीमा पुगेको छ ।