एजेन्सी
मंगलबार, फाल्गुन १३, २०७६
405

नयाँ दिल्ली-अमेरिकी राष्ट्रपतिको भारत भ्रमण सोमबारबाट सुरु भयो । विश्वकै शक्तिशाली नेताको स्वागतका लागि हिन्दुस्तान पनि तयारी देखिएको छ र अहमदाबादमा ठूलो कार्यक्रमको तयारी गरिँदैछ ।
डोनाल्ड ट्रम्पको यो पहिलो भारत भ्रमण हो । यस्तो अवस्थामा यो कार्यक्रमबाट ठूलै आशा गरिएको छ । यो भ्रमणको समयमा भारत र अमेरिकाले कैयौं ठूला सम्झौता गर्न सक्ने अपेक्षा गरिएको छ ।

यो भ्रमणको समयमा द्विपक्षीय मुद्दाका साथै क्षेत्रीय विषयमा पनि चर्चा हुने अपेक्षा गरिएको छ । साथै व्यापार, लगानी, प्रतिरक्षा, सुरक्षा, आतंकवाद, ऊर्जा सुरक्षा, धार्मिक सुरक्षा, अफगानिस्तानको विषयमा पनि दुई नेताले कुराकानी गर्नेछन् ।
बौद्धिक सम्पत्ति अधिकार, व्यापार सहजीकरण, गृह सुरक्षा समेत पाँच विषयमा पनि दुवै नेताले कुराकानी गर्नेछन् ।
यो भ्रमणमा सबैको ध्यान प्रतिरक्षा सम्झौतामा रहेको छ, जसमा भारतले २४ वटा एमएच–६० रोमियो हेलिकप्टर किन्ने विचार गरिरहेको छ । यदि यो सम्झौता भयो भने २.६ अर्ब डलरको हुनेछ ।
यसका अतिरिक्त भारतले अमेरिकाबाट ८० करोड डलरको ६ वटा एएच–६४–ई अपाचे हेलिकप्टर लिन किन्न सक्नेछ ।