एजेन्सी
मंगलबार, फाल्गुन १३, २०७६
1153

बेइजिङ-चीनमा शनिबार कोरोना भाइरसको घटनामा तीव्र रुपमा गिरावट आएको छ । तर, विश्व स्वास्थ्य संगठनका अधिकारीले यसको बारेमा कुनैै भविष्यवाणी गर्न छिटो हुने बताएका छन् । किनकि अन्य देशमा यो तीव्र दरमा फैलिएको छ ।
शनिबार चीनमा ३ सय ९७ मामिला पुष्टि भएको छ, जुन एक दिनअगाडिको ८ सय ८९ को तुलनामा ठूलो अन्तरले कम हो । तर, दक्षिण कोरिया, इरान, इटाली तथा लेबनानमा यो भाइरस तीव्र दरमा वृद्धि भएको छ ।
दक्षिण कोरियाका अधिकारीका अनुसार शनिबार यो भाइरस पुष्टिको मामिलाको संख्या दुई गुणाले वृद्धि भएर ४ सय ३३ पुगेको छ । यो संख्या १ हजार पुग्न सक्ने सम्भावना व्यक्त गरिएको छ ।
एक चर्चमा भेला भएको मानिसमा फ्लूजस्तो लक्षण देखिएको छ । इरानमा यो साताको सुरुमा एक व्यक्ति पनि यो भाइरसबाट पीडित थिएनन् । तर, शनिबार १० नयाँ घटना देखा परेको छ र २ को मृत्युसमेत भएको छ । यहाँ हालसम्म २९ मानिस कोरोनाबाट पीडित भएका छन् र ६ को मृत्यु समेत भइसकेको छ ।

चीनसँग सम्बन्ध नभएकालाई पनि कोरोना
विश्व स्वास्थ्य संगठनले चीनमा नयाँ संक्रमितको संख्यामा आएको कमीप्रति खुसी व्यक्त गरेको छ । तर अन्य देशमा फैलिएको संक्रमणको विषयलाई लिएर चिन्ता व्यक्त गरिएको छ । जबकि उनीहरूको चीनसँग कुनै सम्बन्ध स्पष्ट छैन ।
डब्लूएचओका महानिर्देशक टेड्रोस अदनोमले भनेका छन्, “हामीहरूको सबैभन्दा ठूलो चिन्ताको विषय भनेको कोभिड–१९ कमजोर स्वास्थ्य ढाँचा भएको देशमा फैलने सम्भावनालाई लिएर हो ।”
यूएन एजेन्सीले अति संवेदनशील देशका लागि ६७ करोड ५० लाख डलरको सहयोग मागेको छ । चीनसँगको सम्बन्धका कारण अफ्रिकाका १३ देशलाई प्राथमिक रूपमा हेरिएको उनले बताए ।

२६ देशमा फैलियो भाइरस
चीन बाहिर यो बिरामी २६ देशसम्म फैलिसकेको छ र १ दर्जनभन्दा बढी मानिस मारिसकेका छन् । इटालीमा यो भाइरसका कारण दुई व्यक्तिको ज्यान गइसकेको छ ।
जापानमा शनिबार १४ नयाँ घटना पुष्टि भएपछि यसले टोकियो ओलम्पिकलाई संकटमा त पार्ने होइन भन्ने चिन्ता बढेर गएको छ । आयोजकले पहिले नै कैयौं तालिम सत्र रोकिसकेका छन् ।

इटालीमा १२ सहर पूरै बन्द
कोरोना भाइरसका कारण इटालीमा २ व्यक्तिको मृत्यु भएपछि शनिबार उत्तरी इटालीको करिब १२ सहरलाई पूरै किसिमबाट बन्द गरिएको छ । यो संक्रामक बिमारीका कारण लोम्बार्डी र बेनेतोमा स्थानीय अधिकारीलाई स्कुल, औद्योगिक प्रतिष्ठान, रेस्टुरा बन्द गर्नुपरेको थियो । खेल प्रतियोगिता तथा जन सभा रद्ध गर्न परेको थियो ।
इटालीको व्यापारिक राजधानी मिलानका मेयरले सरकारी कार्यालय बन्द गर्ने आदेश दिएका छन् ।