एजेन्सी
आइतवार, फाल्गुन ११, २०७६
2547

क्यानबेरा-मलेसियाको एमएच–३७० विमान पाइलटले आत्महत्या गर्नका लागि झारेका थिए । २०१४ मा हिन्द महासागरको माथि गायब भएको विमानको विषयलाई लिएर अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री टोनी एबोटले यो दाबी गरेका हुन् ।
एबोटले भनेका छन्, “फ्लाइटका पाइलट डिप्रेसनमा थिए । उनले आफु साथै उडानमा रहेका सबै २ सय ३९ जनाको ज्यान लिएका थिए ।”

मलेसियाका शीर्ष अधिकारीबाट उनलाई यो गोप्य जानकारी प्राप्त भएको हो । यद्यपि उनले यो विषयलाई लिएर कुनै प्रमाण पेश गरेका छैनन् ।
सूत्रका अनुसार दूर्घटनाको जाँचको समयमा सुरक्षा विज्ञलाई यो विषयमा जानकारी प्राप्त भएको हो । रिपोर्टका अनुसार पाइलटले हिन्द महासागरमा विमानलाई डुबाइदिएका थिए । उनी डिप्रेसनम रहेको मानिँदै आएको छ ।
एमएच–३७० हिन्द महासागरको माथि गायब भएको थियो । कैयौं देशले विमानको खोजी गरेका थिए । तर, उनीहरूलाई यसका बारेमा केही जानकारी प्राप्त हुन सकेको थिएन । पछि यसको खोजी कार्य रोकिएको थियो र विमानमा सवार सबैलाई मृत घोषित गरिएको थियो ।


सातामा धेरै पढिएको