एजेन्सी
शुक्रवार, फाल्गुन २, २०७६
1070

वैज्ञानिकहरूले सधैंजसो विभिन्न किसिमका नयाँ आविष्कार गरिरहेका छन्, जसले विश्वलाई एक नयाँ दिशातर्पm लगिरहेको छ । एक यस्तै किसिमको आविष्कार युनिभर्सिटी अफ हङकङका वैज्ञानिकले गरेका छन् ।
उनीहरूले यस्तो जेनेरेटरको आविष्कार गरेका छन्, जसले वर्षाको केवल १ थोपा पानीले १ सय एलईडी बल्भ बाल्न सक्छ ।

यो सुन्दा तपाईंलाई अचम्म लाग्न सक्ला । तर, यो बिल्कुल सत्य कुरा हो । यो शोधलाई जर्नल नेचरको नयाँ अंकमा प्रकाशित गरिएको छ ।
हङकङ विश्वविद्यालयका इन्जिनियर र प्राध्यापक जुआनकाई वांका अनुसार यो जेनेरेटरको माध्यमबाट १५ सेन्टिमिटरको उचाइबाट पानीको १ सय माइक्रो लिटरको एक थोपाबाट १ सय ४० भोल्ट ऊर्जाको उत्पादन हुन सक्छ । वैज्ञानिकले लामो समयसम्म यो प्रोजेक्टमा काम गरेको र हाल मात्रै यसमा सफलता मिलेको हो ।

जेनेरेटरले कसरी काम गर्छ ?
प्राध्यापक जुआनकाई वांगका अनुसार यो जेनेरेटरमा २ इलेक्ट्रोड हुन्छ, जसमा एक आल्मुनियम र अर्को पोलिटेट्राफ्लुरोएथिलिन इलेक्ट्रोड हुन्छ । यसको उपयोग धेरै स्थायी हुन्छ । जब यसमा वर्षाको थोपो पर्छ यसबाट बिजुली उत्पादन हुन्छ । यसबाट ऊर्जाको उत्पादन पनि अधिक भन्दा अधिक हुन्छ ।
मिडिया रिपोर्टका अनुसार यो जेनेरेटर उच्च क्षमता भएको छ । यो जेनेरेटर एकपटकमा आफ्नो क्षमताभन्दा कैयौं गुणा बढी ऊर्जाको उत्पादन गर्न सक्षम छ ।
यो जेनेरेटरबाट आगामी समयमा वर्षाको पानीको पनि भरपुर प्रयोग गर्न सकिन्छ र बिजुलीको उत्पादनको क्षमता पनि बढाउन सकिन्छ, जसले विश्वलाई फाइदा पु-याउँछ ।