एजेन्सी
बिहिवार, फाल्गुन १, २०७६
659

अंकारा-क्षेत्रमा बढेको तनावका बीच टर्की समर्थित विद्रोही समूहले पश्चिम सिरियामा एक सिरियाली सरकारको हेलिकप्टर खसालेका छन् ।
रूस निर्मित मि–१७ हेलिकप्टर नेराब नजिकै ज्वालासहित खसेको भिडियोमा देखिएको छ ।

सरकारी आक्रमणमा ५ टर्किस सेना मारिएको १ दिनपछि यो आक्रमण भएको हो । सिरियाली आक्रमणपछि अंकारालाई १ सय १५ सरकारी स्थानमा आक्रमण गर्न उक्साएको छ ।
टर्किस सेनाले १०१ निशानालाई ध्वस्त बनाएको जनाएको छ । यसमा ३ ट्यांक, २ मोर्टार र १ हेलिकप्टर रहेका छन् ।
परिचय नखुलाउने सर्तमा अन्य दुई विद्रोही कमान्डरले उनीहरूले मिसाइल प्रहार गरेको र हेलिकप्टरलाई खसालेको बताएका छन् ।
रूसी हवाई हमलाको सहयोगमा बसर अल असदको सेनाले इडलिब कब्जा गर्ने प्रयास गरिरहेको छ । सिरियामा विद्रोहीको कब्जामा रहेको यो पछिल्लो क्षेत्र हो ।
द्वन्द्वले डिसेम्बरदेखि ७ लाख मानिस विस्थापित भइसकेको मानिएको छ । इडलिब प्रान्तमा त्यस्तै ३० लाख मानिसको बसोबास रहँदै आएको छ । टर्की र रूस मित्र मुलुक भए पनि इडलिबको द्वन्द्वले यी मुलुकबीच पनि द्वन्द्वको अवस्था पैदा भएको छ । १ साताको अवधिमै सरकारी आक्रमणमा १३ टर्किस सेना मारिएका छन् ।