कारोबार संवाददाता
शुक्रवार, माघ १०, २०७६
509

अमेजनका सिइओ जेफ बेजोसको मोबाइल फोन २०१८ मा एक ह्वाट्सएप म्यासेज प्राप्त भएपछि ह्याक भएको थियो । उक्त म्यासेज साउदी अरबका युवराजको व्यक्तिगत एकाउन्टबाट पठाइएको जानकारी स्रोतले गार्जियनलाई दिएको थियो ।
मोहम्मद बिन सलमानद्वारा प्रयोग गरिएको नम्बरबाट इन्क्रिप्ट गरिएको सन्देशमा एक मालासियस फाइल समावेश थियो, जसले डिजिटल फरेन्सिक विश्लेषणका अनुसार विश्वकै धनी व्यक्तिको फोनमा घूसपैठ गरेको थियो ।

यसबाट साउदी युवराजको एकाउन्टबाट पठाइएको इनफेक्टेड भिडियो बेजोसको फोनमा घूसपेठ भएको सम्भावना उच्च हुने देखिएको छ । नाम नबताउने सर्तमा गार्जियनसँग कुरा गर्दै स्रोतले भनेको छ, “उक्त वर्षको १ मेमा दुई व्यक्ति ह्वाट्सएपमा म्यासेजको माध्यमबाट मित्रवत् कुराकानी चलिरहेको थियो । उक्त समयमा अनिच्छित फाइल पठाइएको थियो ।”
यो घटनासँग परिचित एक व्यक्तिका अनुसार ठूलो मात्रामा डाटालाई बेजोसको फोनबाट केही घण्टाभित्र हटाइएको थियो । तर, फोनबाट के लिइएको थियो र यसको प्रयोग केका लागि गरियो भन्ने विषयमा गार्जियनले केही उल्लेख गरेको छैन ।
अमेजनका प्रमुख कार्यकारी अधिकारी (सिइओ) तथा विश्वकै धनी व्यक्ति जेफ बेजोस केही दिनअगाडि तीनदिने भारत भ्रमणमा आएका थिए । उनले यो अवधिमा भारतका ठूला उद्योगपतिहरूसँग भेटघाट गरेका थिए । तर, उनले मोदी सरकारको कुनै पनि मन्त्रीसँग भेटघाट गरेनन् ।
बेजोसले आफ्नो भ्रमण अवधिमा भारतमा १ अर्ब डलर लगानी गर्ने घोषणा समेत गरेका थिए । यो विषयमा पीयूष गोयलले बेजोसले भारतमा १ अर्ब डलरको लगानी गरेर कुनै सहयोग नगरेको बताएका छन् ।