एजेन्सी
शुक्रवार, माघ १०, २०७६
974

क्वालालाम्पुर-मलेसियाले प्लास्टिकको फोहोरले भरिएको सिपिङ कन्टेनरलाई पश्चिमा मुलुकतर्पm फर्काएको छ । आपूm विश्वको फोहोर फ्याँक्ने साइट नभएको घोषणा गरेपछि दक्षिणपूर्वी एसियाली राष्ट्रले यस्तो कदम चालेको हो ।
यो मुलुकले यस किसिमका फोहोरलाई बेलायत र अमेरिकातर्फ नै फर्काएको छ । यो मुलुकले ३ हजार ७ सय ३७ मेट्रिक टन फोहोर फर्काउने निर्णय आज गरेको हो ।

वातावरण मन्त्री यीओ बी यिनले १३ मुलुकमा १ सय ५० वटा कन्टेनर पठाइएको बताएका छन् । यसमध्ये ४३ फ्रान्स, ४२ बेलायत, १७ अमेरिका र ११ क्यानडातर्फ फकाइएका छन् ।
यो क्षेत्रमा २०१८ देखि बढी विकसित अर्थतन्त्रहरूमा प्लास्टिकको फोहोरको ओइरो नै लागेको छ । चीनले पनि धेरै आयात रोक्न आग्रह गरेपछिको समयमा मलेसियाको यस किसिमको निर्णय आएको हो ।
चीनमा यस किसिमका सामग्रीको आयातमाथि प्रतिबन्ध लागेपछि धेरैजसो चिनियाँ रिसाइक्लिङ व्यवसाय मलेसियातर्फ सरेका थिए ।