एजेन्सी
मंगलबार, माघ ७, २०७६
1137

वासिङ्टन-अमेरिकाको बी–५२ बम्बर विमानबाट अब न्युक्लियर ग्रेभिटी हटाइएको छ । बी–५२ बमवर्षक विमान अमेरिकी रणनीतिक बेडाको एक महत्वपूर्ण हिस्सा रहँदै आएको छ ।
अमेरिकी वायुसेनाको यो नयाँ कदमका बारेमा सबैभन्दा पहिला परमाणु विशेषज्ञ ह्यास क्रिस्टेन्सनले जानकारी दिएका थिए । यो रिपोर्ट सुरुमा ड्राइभमा प्रकाशित भएको थियो । रिपोर्टमा भनिएको छ, “चिन्ताको कुरा के छ भने यो बमवर्षक विमानले दुस्मनको रक्षा प्रणालीमा भेद गर्न सक्दैन र आक्रमण गर्ने क्षमता छैन ।’

अमेरिकी अस्त्रमा बी–६१ प्राइमरी थर्मोन्युक्लियर ग्रेभिटी बम हो । यसका साथै बी–८३ सबैभन्दा ठूलो परमाणु बम हो । अब लुकेर उडान भर्ने विङ बी–२ ए स्प्रिटलले यी हतियार बोक्नेछ ।
ग्लोबल अट्याक कन्ट्रोलले भनेको छ, “समकालीन युद्धको अवस्था फेरिएको छ । यसैले अमेरिकाको रणनीति तथा हतियार पनि फेर्न थालिएको छ । अभैm पनि बी–५२ का चालक दललाई बी–८३ तथा बी–६१ को प्रयोग गर्न सिकाइएको छैन ।”
१९५० को दशकको यो बमवर्षकको सबैभन्दा नयाँ संस्करण बी–५२ एचमा हावमा मार हान्ने एजीबी–८६ बी क्रुज मिसाइल रहने गरेको छ । यसलाई लङ रेन्ज स्ट्यान्ड अवे हतियारबाट विस्थापित गर्न लागिएको छ ।