एजेन्सी
मंगलबार, पुष २९, २०७६
592

वासिङटन-२०१९ को अधिकांश समयमा लगानीकर्ताहरूको ध्यान व्यापारयुद्धमा गएको थियो । तर, अमेरिका–इरानबीचको तनावले व्यापारयुद्धको तनाव ओझेलमा पर्न सक्ने विज्ञहरूले सोमबार बताएका छन् ।
“यो वर्ष लगानीकर्ताका लागि चीन–अमेरिकाबीचको व्यापार युद्धको तुलनामा इरान वास्तवमै महत्वपूर्ण हुने मलाई लागको छ,” पूर्व बेलायती कूटनीतिज्ञ र अलाभान बिजनेस एडभाइजरीका निर्देशक अलास्टेर न्यूटनले बताए ।

गत साता अमेरिकी सेना रहेको इराकी आधारमा तेहरानले मिसाइल प्रहार गरेपछि यो वर्ष इरानकातर्फबाट धेरै बदलाका कारबाही हुने अनुमान रहेको उनले बताए । इरानले कासिम सुलेमानीका हत्याको बदलामा यस किसिमका कारबाही गर्न थालेको हो ।
इरानले कसरी बदला लिन सक्छ भन्ने विषयमा उनले केही बताएनन् । तर, अन्य विज्ञहरूले इरानको फर्जी समूहहरूले उक्त क्षेत्रमा आक्रामक कदम चाल्न सक्ने र साइबर आक्रमण गर्न सक्ने अन्य विज्ञहरुले बताएका छन् ।
अमेरिका र इरानबीचको खराब सम्बन्ध झन खराबतर्फ गइरहेको न्युटनले थपे । दुवै पक्षबाट द्वन्द्वको कूटनीतिक समाधान खोज्ने प्रयासको संकेत नदेखिएको पनि उनले बताए । यदि इरानले छलफलका लागि आक्रामक भएमा यसको बेवास्ता गर्न नसकिने ट्रम्पले ट्विटरमार्फत बताएपछि उनको यस किसिमको टिप्पणी आएको हो ।
तर तेहरान ट्रम्पसँग मोमलाई गर्ने पक्षमा नरहेको पनि न्युटनले बताए ।
“इरानी अधिकारीहरू डोनाल्ड ट्रम्पसँग वार्ता गर्न गइरहेका छैनन् । इरानीहरूले यस वर्षको अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प हार्ने र फरक खालका डेमोक्र्ेटिक पार्टीसँग सम्झौता हुने विचार इरानको रहेको छ,” उनले भने ।