एजेन्सी
सोमवार, पुष २८, २०७६
496

मस्को-सुनको स्वामित्व गुप्त राख्ने रणनीतिक अवस्था बलियो बन्दै गएको गोल्डम्यान स्याक्सका विश्लेषकले बताएका छन् । विशेषगरी विश्वका उपल्लो धनीमाझ राजनीतिक अनिश्चितता, मन्दीको त्रास र अन्य चिन्ताजस्ता तत्वले यस्तो अवस्था सिर्जना गर्ने गरेको छ ।
विगत तीन वर्षको अवधिमा भौतिक सुनको खरिदमा वृद्धि भएको तथ्यांकले देखाएको छ ।

“२०१६ को अन्त्यदेखि अपारदर्शी सुनमा हुने लगानीमा वृद्धि भएको छ । यो प्रक्रिया विनिमय कारोबारी कोष –ईटीएफ) भन्दा बढी भएको छ,” गोल्डम्यानले याहु फाइनान्सलाई पठाएको एक टिप्पणीमा उल्लेख गरिएको छ ।
यसमा आफ्नो विलासी बंकरमा सुन राख्ने गरेको देखिएको छ । यस किसिमको माग उच्च रहेको र थोक सुन बंकरमा लुकाउने गरिएको छ ।
“विश्वव्यापी रूपमा सुन गाड्ने मागमा वृद्धि भइरहेको यो तथ्यांकले देखाएको छ,” गोल्डम्यानले भनेको छ ।
टेक्सासस्थित राइजिङ एस कम्पनीका महाप्रबन्धक ग्यारी लिन्चले भनेका छन्, “२०१५ को तुलनामा २०१६ मा बलियो बंकरको मागमा ७०० प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरमा अमेरिकी राष्ट्रपतिको निर्वाचन भएदेखि मात्रै यस किसिमको बंकरको मागमा ३ सय प्रतिशतले वृद्धि भएको छ ।
“हाम्रो विचारमा राजनीतिक जोखिमले यसको बयान गर्न सहयोग गर्छ । व्यक्तिले प्रतिबन्ध र सम्पत्ति करको जोखिमको समयमा मनिसले खतरालाई कम गर्न चाह्यो भने उनीहरूले भौतिक सुन किन्छन् र यसलाई बंकरमा गाडेर राख्छन् । यसो गर्नाले सरकारलाई योे सम्पत्तिसम्म पुग्नका लागि कठिन हुनेछ ।”