एजेन्सी
आइतवार, पुष २७, २०७६
1448

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इश्लामिक आतंकवादको विषयमा आफ्नो बयान दिएका छन् । उनले ट्वीटमा लेखेका छन्,“म राष्ट्रपति रहदा सम्म कहिले पनि अमेरिकाको दुश्मनलाई बच्ने मौका दिन्न । म अमेरिकी नागरिकको जिन्दगी बचाउनका लागि कहिले पनि संकोच मान्दिन । म कहिले पनि कट्टरपन्थी इश्लामी आतंकवादलाई हराउनका लागि काम गर्न बन्द गर्नेछैन ।”
ट्रम्पको यो बयान अमेरिकी संसदको उक्त फैसलापछि आएको हो, जसमा युद्ध सम्बन्धि फैसलाको विषयलाई लिएर ट्रम्प प्रशासनको शक्ति घटाइएको थियो । संसदको उक्त फैसलापछि कुनै देश बिरुद्ध सैन्य कारबाही गर्नु प-यो भने ट्रम्प एक्लैले फैसला लिन सक्ने छैनन् ।

अमेरिकी संसदको तल्लो सदनले यो प्रस्ताव पारित गरेको हो । इरान र अमेरिकाबीच जारी तनावलाई मध्यनजर गर्दै योे फैसलालाई महत्वपूर्ण मानिएको छ । डेमोत्र्mयाटिक सांसदको बहुमत भएको अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा यो प्रस्तावको पक्षमा १९४ मत परेको थियो । अब यो प्रस्तावलाई माथिल्लो सदन सिनेटमा पेश गरिने भएको छ ।
इरानसँगको तनावपछि विपक्षी दलले डोनाल्ड ट्रम्पमाथि इरानका शीर्ष सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको फैसला लिनु भन्दा पहिले ट्रम्प प्रशासनले संसदको विश्वासको मत नलिएको आरोप लगाएको छ ।
कासिम सुलेमानीको मृत्यूपछि ट्रम्पले इरानी जनरल एक राक्षस भएको र उनलाई मारिएको बताएका थिए । यो कैयौ देशका लागि राम्रो समाचार भएको पनि उनले बताएका छन् ।