एजेन्सी
शुक्रवार, मंसिर १३, २०७६
628

सिड्नी-विश्वकै कूटनीतिक मिसन संख्याको मामिलामा चीनले अमेरिकालाई उछिनेको छ । सिड्नीस्थित लोभी इन्स्टिच्युटको एक अध्ययनअनुसार २०१९ मा चीन कूटनीतिक मिसन संख्याका आधारमा पहिलो स्थानमा पुगेको छ ।
विश्वभरि चीनको मिसन संख्या २ सय ७६ पुगेको छ । जबकि अमेरिकाको २ सय ७३ छ । १ सय ८६ कूटनीतिक मिसनका साथ भारत विश्वकै १२ औं स्थानमा रहेको छ ।

अध्ययनका अनुसार यो वर्ष चीनको प्रभाव विश्वभरि नै बढ्दै गएको छ । अन्य मुलुकसँग उसको सम्बन्ध मजबुत भइरहेको छ । सी जिनपिङको महŒवाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभले चीनको कूटनीतिक विस्तारको दायरा बढाउनमा सहयोग गरेको छ । विश्वभरिमा चीनको १ सय ६९ दूतावास, ९६ वाणिज्य दूतावास, ८ स्थायी मिसत तथा ३ अन्य मिसन रहेका छन् ।
अमेरिकाको १ सय ६८ दूतावास, ८८ वाणिज्य दूतावास, ९ स्थायी मिसन र ८ अन्य मिसन रहेका छन् । २०१६ मा चीन अमेरिका र फ्रान्सपछि तेस्रो स्थानमा रहेको थियो । यसको एक वर्षपछि अर्थात् २०१७ मा चीनले फ्रान्सलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको थियो । यसपछि यो मामिलामा २०१८ मा कुनै रिपोर्ट आएको थिएन ।

एसियामा भारत तेस्रो
विश्वभरि गरेर कूटनीतिक मिसन संख्याको मामिलामा भारत १२ औं स्थानमा रहेको छ । भारतको १ सय २३ दूतावास÷उच्च आयोग, ५४ वाणिज्य दूतावास, ५ स्थायी मिसन तथा ४ अन्य मिसन रहेका छन् ।
पाकिस्तानको कुल १ सय १७ कूटनीतिक मिसन रहेको छ र योसहित यो मुलुक २८ औं स्थानमा रहेको छ । २ सय ४३ मिसनका साथ जापान विश्वमै चौथो स्थानमा रहेको छ । जापानको १ सय ५१ दूतावास, ६१ वणिज्य दूतावास, १० स्थायी मिसन र २१ अन्य मिसन रहेका छन् ।