एजेन्सी
आइतवार, मंसिर १, २०७६
630

जयपुर-जयपुरबाट ओमानको राजधानी मस्कटतर्फ गइरहेको एक भारतीय विमानलाई पाकिस्ताको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले दुर्घटनाको शिकार हुनबाट बचाएको छ । विमानका पाइलटले खराब मौषमका कारण चेतवानी जारी गरेका थिए । त्यसपछि पाकिस्तानको नागर उड्डयन प्राधिकरणका हवाई यातायात नियन्त्रकले भारतीय विमानलाई दुर्घटना हुनबाट बचाएको हो ।
‘द न्यूज इन्टरनेशनल’को रिपोर्ट अनुसार पाकिस्तानको सिन्ध प्रान्तको चोर इलाकामा भारतीय विमानले असामान्य मौषमी स्थितीको सामना गर्नु परेको थियो । विमानमा १५० यात्रु सवार थिए । विमानले बिहीबार कराची क्षेत्रको माथि उडान भरिरहेको थियो । उक्त समयमा विमान चट्याङको चपेटामा परेको थियो । यस घटनापछि विमान ३६ हजार फीटको उचाइबाट एक्कासी झरेर ३४ हजार फीटको उचाईमा आईपुगेको थियो ।

यसपछि पाइलटले आपतकालीन प्रोटोकल जारी गरेका थिए र नजिकैको स्टेसनलाई खतराको सूचना पनि दिएका थिए । पाकिस्तानी हवाई यातायात नियन्त्रकले भारतीय पाइलटले दिएको चेतावनीप्रति तत्काल प्रतिक्रिया जनाएको थियो र विमानको बाँकि यात्राका लागि आसपासको क्षेत्रमा पाकिस्तानी हवाई क्षेत्रलाई छोटकरी यातायातको माध्यमबाट निर्देशित समेत गरेको थियो ।
यो वर्ष भारतसँगको गतिरोधलाई मध्य नजर गर्दै पाँच महिनाको प्रतिबन्धपछि पाकिस्तानले १६ जुलाईमा आप्mनो हवाई क्षेत्र भारतका लागि खोलिदिएको थियो । बालाकोटमा भारतीय वायुसेनाको हवाई आक्रमणपछि पाकिस्तानले २६ पेब्रुअरीमा आप्mनो हवाई क्षेत्र बन्द गरेको थियो ।
गत महिना काश्मीरको मुद्धालाई लिएर पाकिस्तानका प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी अरबको भ्रमणलाई मध्यनजर गर्दै उनको विमानका लागि आप्mनो हवाई क्षेत्र प्रयोग गर्न दिने विषयलाई अस्वीकार गरेको थियो ।