एजेन्सी
बिहिवार, कार्तिक २८, २०७६
599

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही महिना अगाडि भारतले अमेरिकी सामग्रीमा कर लगाएको विषयलाई लिएर भारतलाई ट्यारिपफ किङको संज्ञा दिएका थिए । उनले बेला बेलामा भारतप्रति आप्mनो कठोर किसिमको अभिव्यक्ति दिँदै आए का छन् । यसपटक भने उनले भारतको फोहोर अमेरिकासम्म आइपुगेको अभिव्यक्ति दिएर सबैलाई अचम्मित पारेका छन् । भारतको कैयौ भू–भागमा हावाको गुणस्तर सूची खतरनाक अवस्थामा पुगिसकेको छ । यसै विषयलाई लिएर ट्रम्पले भारतको प्रदूषण लस एन्जलससम्म आइपुगेको बताएका छन् ।
इकोनोमिक क्लब अफ न्यूयोर्कमा मानिसहरुलाई सम्बोधन गर्दै ट्रम्पले भारत, चीन तथा रुसको प्रदूषण धेरै भएको र लस एन्जलससम्म आईपुगेको बत ाएका छन् । उनले थपे–याहाँ एक समस्या छ । तुलनात्मक रुपमा हामीसँग जमिनको एक सानो टुक्रा मात्रै रहेको छ । यदी तपाई चीन, रुस तथा भारतजस्ता मुलुकसँग तुलना गर्नु हुन्छ भने उनीहरु सफाई तथा धुवा रोक्नका लागि केही पनि गरिरहेका छैनन् । उनीहरु आप्mनो फोहोर समुद्रमा फालिरहेका छन् र यो बग्दै बग्दै लस एन्जलसम्म आईपुगेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प कथित ग्रेट प्यासिफिक गार्बेज प्याच अर्थात जीपीजीपीको हवाला दिँदै रहेका थिए । यसलाई प्यासिफिक ट्रेस भोर्टेक्स पनि भनिन्छ । यो फोहोर समुद्रको माध्यमबाट हवाई तथा क्यालिफोर्नियासम्म पुग्ने गर्छ ।
यसमा प्लास्टिक, केमिकल अवशेषका साथै अन्य किसिमका फोहोर पुग्छ ।
ट्रम्पले आप्mनो मुलुकलाई सानो भएको बताएका छन् । तर रुस, क्यानडा र चीनपछि अमेरिका चौथो ठूलो देश हो । अमेरिका भारत भन्दा ४ गुणाले ठूलो छ ।