एजेन्सी
बुधवार, कार्तिक २७, २०७६
709

न्यूयोर्क-व्यापारमा चीनले अमेरिकालाई ठग्नुमा पूर्व अमेरिकी नेताहरुनै दोषी भएको ट्रम्पले बताएका छन् ।
ट्रम्पले न्यूयोर्कको इकोनोमिक क्लबमा मंगलबार यस्तो बताएका हुन् ।

“२००१ मा चीन विश्व व्यापार संगठनमा प्रवेश गर्दासम्म कसैले पनि तोडमोड गरेका थिएनन तथा अमेरिकाबाट फाइदा लिएका थिएनन्,’’ ट्रम्पले भने ।
“चोरिएको थियो भन्ने शब्द म उच्चारण गर्दिन । तर चीनले भन्दा उत्तम तरिकाले कसैले पनि अमेरिकालाई ठगेका छैनन् । म यो भन्छु,’’ ट्रम्पको भनाई थियो ।
उनको यो अभिव्यक्तिले दुई पक्षबीच रहेको तुलनात्मक शान्तिको अवस्थालाई तोडेको छ । चीन–अमेरिका दुवै पक्षले पहिलो चरणको सम्झौता हुने अपेक्षा गरेका थिए, जसबाट भन्सार शुल्कमा केही खुकुलोपना आउने अपेक्षा गरिएको थियो । सम्भावित सम्झौताको विस्तृती अस्थिर अवस्थाम रहेको छ । अमेरिकाले थप खुला बजारको माग गरिरहेको छ र बौद्धिक सम्पत्ति चोरीको अवस्थाको अन्त्य हुनुपर्ने माग गरिरहेको छ । यसैबीच चीनले पनि दुई पक्षबीचको गतिरोध सुरु भएपछि वासिङटनले आप्mना २५० अर्ब डलरका सामग्रीमा लगाइएको भन्सार शुल्क हटाओस् भन्ने माग गरिरहेको छ ।
तर ट्रम्पले यसका लागि चीनमाथि दोष थोपार्नु भन्दा पनि अमेरिकाका पहिलेका नेताहरु दोषी रहेको आरोप लगाएका छन् । यसको परिणाम स्वरुप अमेरिकी कामदार विशेषगरशी म्यानुप्mयाक्चरिङ उद्योगका कामदारलाई नोक्सानी पुगेको उनले बताए ।