एजेन्सी
सोमवार, कार्तिक २५, २०७६
623

बेइजिङ-चिनियाँ ई–कमर्श कम्पनी अलिबाबाले वार्षिक सिंगल्स डेको अवसरमा सोमबार सुरु ९ घन्टाको अवधिमा आप्mनो बिक्री १५८.३१ अर्ब युआन अर्थात २२.६३ अर्ब डलर भएको जनाएको छ । यो गत वर्षको समान अवधिको १२६.७२ अर्ब युआनको तुलनामा २५ प्रतिशतले बढी हो ।
सुरुको मिनेट र ८ सेकेडको अवधिमा बिक्री १ अर्ब डलर पुगेको थियो ।

सिंगल डेलाई अलिबाबाका संस्थापक र प्रमुख कार्यकारी डानियल झाङले २००९ देखि सुरु गरेका हुन् । हाल यो विश्वकै ठूलो अलनलाई बिक्री उत्सवको रुपमा विकास भइरहेको छ ।
दोहोरो ११ को रुपमा पनि चिनिएको यो पर्वको नाम नोभेम्बर ११ अर्थात ४ वटा १ को सिंगल डेको रुपमा चिनिएको छ ।
गत वर्षको सिंगल डेमा अलिबाबाको प्लेटफर्ममार्फत ३० अर्ब डलरको खुद बिक्री भएको थियो । यो साइबर मन्डेको तुलनामा बढी हो । तर अभैपनि १० वर्षको इतिहासमा २७ प्रतिशतको बिक्री वृद्धि सबैभन्दा थारै हो ।
साइटिक सेक्यूरिटिजले ९ नोभेम्बरको अनुसन्धान टिप्पणीमा यो वर्षको सिंगल डेको बिक्री २ देखि २५ प्रतिशतको हाराहारीमा वृद्धि हुने उल्लेख गरेको थियो । चीनको समग्र ई–कमर्शका बिक्रीमा मन्दी आएकाले यसमा आंशिक असर परेको हो ।
४८६ अर्ब डलरको बजार मूल्य भएको चिनियाँ खुद्रा बिक्रेताले यस वर्षको २४ भघन्टे बिक्री अमेरिकी पप स्टार टेलर स्वीप्mट र स्थानीय सेलिब्रेटी ज्याक्सन यीको प्रदर्शनबाट सुरु गरेको थियो ।