एजेन्सी
बिहिवार, कार्तिक २१, २०७६
576

नयाँ दिल्ली-भारतमा प्याजको आयात कम हुनाले प्याजको मूल्य प्रतिकिलो १ सय ४८ रुपैयाँ पुगेको छ । उपभोक्ता मामिला मन्त्रालयका अनुसार सरकार अन्य देशबाट प्याज आयात बढाउने तयारीमा रहेको छ, जसले गर्दा मूल्य ओरालो लागोस् ।
मन्त्रालयका अनुसार प्याजको आयात बढाउने फैसला गरिएको छ ।

आयातका लागि भारतले अफगानिस्तान, मिश्र, टर्की तथा इरान लगायतका मुलुकलाई रोजेको छ । छिट्टै ८० बाट १ सय कन्टेन प्याज भारत आइपुग्ने अपेक्षा मन्त्रालयको छ ।
बेमौसमी वर्षा तथा भित्रिने प्याजको परिमाण कम हुनाले फेरि एकपटक प्याजको मूल्यले आकाश छोएको छ । केही दिनअघिसम्म प्याज ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ । हाल १ सय ४८ रुपैयाँ पुगेको छ । सोमबार मूल्य १ सय ३० रुपैयाँ प्रतिकेजी थियो । आगामी समयमा प्याजको मूल्यमा थप वृद्धि हुने अनुमान रहेको छ ।
किसानका अनुसार बजारमा प्याजको कमीका कारण मूल्यमा वृद्धि भएको हो । आगामी १०–१५ दिनसम्म राहत मिल्ने देखिँदैन ।