एजेन्सी
मंगलबार, कार्तिक १९, २०७६
329

टोकियो-दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्टले जापानमा काम गर्ने कर्मचारिलाई उनीहरुको उत्पादकत्व बढाउनका लागि साताको चार दिन मात्रै काम लागु गरेको छ । यस अनुसार कम्पनीका कर्मचारलिाई एक सातामा तीन दिन छुट्टी मिल्ने छ । माइक्रोसफ्टका कर्मचारीलाई सातामा केबल ४ दिन मात्रै काम गरे पुग्ने भएको छ । यो कदमबाट कर्मचारीको क्षमता ४० प्रतिशतले वृद्धि हुने कम्पनीले जनाएको छ । तर भारतमा कर्मचारीको क्षमता वृद्धिका लागि कार्यालय समय बढाइने भएको छ ।
माइक्रोसफ्टले अगस्टमा २ हजार ३०० कर्मचारीलाई फोर डे विकको प्रयोग गरेको थियो । उक्त समयमा सबै कर्मचारीलाई शुक्रबारको छुट्टी दिइएको थियो । फोर डे विकका कर्मचारीले कम मात्रै छुट्टी लिने गरेको देखिएको छ । माइक्रोसफ्टले मिटिङको समयलाई पनि कम गरेको छ । कुनै पनि किसिमको मिटिङ ३० मिनेट भन्दा बढीको हुनेछैन । साथै कम्पनीको हितलाई ध्यानमा राखेर तुरुन्त पैmसला लिइने भएको छ । यसबाट विद्युतको खपत २३ प्रतिशतले कम हुनुका साथै खर्च पनि कम हुनेछ ।

फोर डे विकका लागि समर्थन
कम्पनीले एक महिनापछि जब फोर डे विक योजनालाई लिएर सुझाव मागेको थियो ९० प्रतिशत भन्दा बढी कर्मचारीको समर्थन प्राप्त भएको थियो । तर विशेषज्ञका अनुसार यसबाट कम्पनीलाई ठूलो मात्रामा नोक्सानी हुनेछ । यसका लागि धेरै कर्मचारी पनि भर्ना गरिनु आवश्यक हुने बताइएको छ ।
छिट्टै पुनः सुरु गरिनेछ प्रयोग
माइक्रोसफ्ट पुनः एक पटक फोर डे विक योजना सुरु गर्ने तयारीमा रहेको छ । साथै कम्पनीले पनि यो योजना अपनाउने अपिल गरेको छ । माइक्रोसफ्टको यो फर्मुलाबाट यसबाट कम्पनीलाई धेरै फाइदा हुन सक्ने बताइएको छ । न्यूजिल्यान्डको एक कम्पनीले पनि यो योजनालाई दुई महिनाका लागि लागु गरेको थियो । यो राम्रो सावित समेत भएको थियो ।